२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

१२ माघ २०७४, शुक्रबार ०८:५१

माघ १२, दाङ | आन्तरिक राजश्व कार्यालय दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ । 

राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो । 

राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले सबैभन्दा बढी आय करतर्फ रु ३५ करोड ३२ लाख ४३ हजार राजश्व संकलन गरेको छ । छ महिनाको अवधिमा आय करतर्फ रु २५ करोड ७४ लाख ९७ हजार राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । 

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु २८ करोड ६३ लाख ९७ हजार, अन्तः शुल्क कर रु १३ करोड २३ लाख ९० हजार, बहाल कर रु पाँच करोड ८२ लाख ४८ हजार, स्वास्थ्य सेवा कर रु ३६ लाख २६ हजार तथा शिक्षा सेवा करतर्फ रु ६३ लाख ८१ हजार राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत उदयराम केसीले जानकारी दिनुभयो । 

कार्यालयले लक्ष्यभन्दा बढी कर संकलन हुनुमा व्यवसायीले समयमै कर बुझाउनुपर्छ भन्ने चेतनाको विकासका साथै कार्यालयको सक्रियता भएको जनाएको छ । त्यस्तै यसवर्ष कार्यालयले ठूला करदाताको घरमा नै पुगी पुस मसान्तसम्मको कर किस्ता दाखिलाको लागि पहलकदमी गरेको छ । आन्तरिक राजश्व कार्यालयमा हाल साना ठूला गरी ३० हजार करदाता रहेका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल