2026-10-15 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गर्यो पिएचडी कार्यक्रम

माघ १२, सुर्खेत | मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि (पिएचडी) कार्यक्रममा शुरु गरेको छ । 

आज वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले २५ वर्ष पुराना विश्वविद्यालयले सञ्चालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गर्नुभयो । 

विगतका शासकका कारणले गर्दा प्रदेश नं ६ शैक्षिक क्षेत्रमा पछाडि परेको उहाँको भनाइ थियो । “शासकहरुले सन्तुलित विकास नगर्दा हामी पछाडि परेका हौँ”, उहाँले भन्नुभयो, “विकासको रथ अगाडि बढाउनका लागि मुख्य रथका रुपमा रहेको शैक्षिक क्षेत्र बलियो हुनुपर्छ, त्यो क्षेत्र नै बलियो भएन भने विकास हुँदैन ।” 

पिएचडी कार्यक्रमले प्रदेश नं ६ को समग्र विकासका लागि शिक्षाको पनि महत्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख खनालको भनाइ छ । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले प्रदेश नं ६ स्रोत साधनले भरिपूर्ण प्रदेश भएको उल्लेख गर्दै “प्राप्त स्रोत साधनलाई प्रयोग गर्न सकियो भने प्रदेश नं ६ सबैभन्दा अघि धनी प्रदेश बन्ने छ,”भन्नुभयो । 

जबसम्म प्रविधिउन्मुख शिक्षालाई अगाडि बढाउन सक्दैनौँ, तबसम्म मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिदैन्, उहाँले भन्नुभयो । 

प्रतिनिधिसभा सदस्य नवराज रावतले आफूसँग स्रोत साधनलाई परिचालन गरेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो । 

पिएचडी कार्यक्रमको प्रक्रिया केही महिनाअघि नै शुरु भए तापनि आज औपचारिक रुपमा शुरुवात् गरिएको व्यवस्थापन संकायका डिन डा मस्तबहादुर गरञ्जाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने