2026-09-14 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाको घर्तीगाउँबाट झिनुवामा पहिलो पटक गाडी पुग्दै, स्थानीय खुशी

माघ १३, रोल्पा । रोल्पा जिल्ला माडि गाउँपालिका १ झिनुवामा पहिलो पटक यातायातका साधानहरु पुग्ने भएका छन् । 

माडी गाउँपाकिाको करिव ५५ लाखले निर्माण कार्य सम्पन्न भएपछि पहिलो पटक घर्तीगाउँबाट झिनुवामा यातायाताका साधानहरु पुग्ने भएको हो ।

स्थानीयतहको निर्वाचनपछि गाउँमा विकास धमाधम भइरहेका छन् । गाउँका जनतालाई शिहदरबारको अधिकार गाउँमा प्रदान भएको अनुभूति हुने गरी काम गरिरहेको स्थानीयतहले बताईरहेको बेलामामा जनताको सुविधाको लागि सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले बताउनुभयो । 

सो सडक ३ किलो मिटर नयाँ निर्माण र २.५ किलो मिटर नयाँ गतसाल निर्माण गरिएको भए पनि मर्मत तथा सम्भार गरि यातायात सञ्चालन गर्न लागिएको अध्यक्ष नन्दबहादुर पुनमगरले बताउनुभयो ।

सो सडकको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले उद्घाटन गर्नुहुने भएको छ । जिल्लाबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, जिल्ला समन्वय अधिकारी सुशिल बैद्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक लगायतको टोली आज विहानै झिनुवा पुग्ने गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ