2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेयर बजारमा आइतबार सामान्य वृद्धि

१४,माघ,काठमाडौं। सातामा कारोबार भएको  पहिलो दिन आइतबार बैंक र बीमा क्षेत्रमा आएको सुधारले  शेयर बजार झिनो अंकले बढेको छ।

आइतबार शेयर बजार १ दशमलव ४२ अंकले बढेर १४०५.९५ अंकमा पुगेको छ। ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेर २९७.०१ अंकमा उक्लिएको छ।

आइतबार १० उपसूचक मध्ये दुईवटा उपसूचक मात्रै बढेका छन्। अन्य आठ समूहका उपसूचक भने घटेका छन्। वाणिज्य बैंक र विकास बैंकका सूचकमा आएको सुधारले बजार समान्य बढेको हो।  

आइतबार १४०४ अंकबाट सुरु भएको बजारले पहिलो ५० मिनेटमा सात अंक उक्लिदै बजारले १४११ अंक भेट्टाएको थियो। त्यसपछी बिस्तारै घटेको बजार साढे २ बजे सम्म घट्दै १४०३ अंकमा ओर्लिएको थियो। तर अन्तिम सात मिनेटमा बजार झिनो अंकले बढेर बन्द भएको छ।

आइतबार १५८ कम्पनीका आठ लाख ५१ हजार कित्ता शेयर ३५ करोड ४७ लाख रुपैयाँमा खरिद बिक्रि भयो। सबैभन्दा बढी सानिमामाई हाइड्रोपावर कम्पनीको दुई करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो।   

कारोबारमा आएका उपसूचकमा बैंक ५.९२ र विकास बैंक ४.७६ अंकले बढेको छ। ट्रेडिङ १०.३९, होटल २८.०२, जलविद्युत १६.९२, फाइनान्स २.७५, बीमा १२.४९, उत्पादनमूलक ९.३९, अन्य ३.०३ र लघुवित्त ५.४५ अंकले घटेका छन्।

आइतबार सबैभन्दा बढी एनएमबि बैंकका शेयरधनीले करिब चार प्रतिशत कमाएका छन्। सिन्धु विकास बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई