१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काभ्रेपलाञ्चोकका विद्यालय पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त

१५ माघ २०७४, सोमबार ०६:३४

माघ १५, काठमाडौँ | गोरखा भूकम्पबाट क्षतिग्रस्त बनेका काभ्रेपलाञ्चोकका अधिकांश विद्यालयको अझै पनि पुनःनिर्माण नभएकामा साउथ चाइना विद्यालयका शिक्षक तथा विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । 

जिल्लाका विभिन्न विद्यालयको स्थलगत अवलोकन सम्पन्न गरी राजधानीमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान)ले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले अझै पनि विद्यार्थीहरु जोखिममा बसेर अध्ययन गर्नु परेकामा चिन्ता व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा प्राडा दीपकराज पन्तले प्रकोपपछिको पुनःनिर्माण र व्यवस्थापनमा विद्यालयको सहभागिता विषयक प्रस्तुति दिनुभएको थियो । उहाँले समुदायमा हुने प्रकोपजन्य व्यवस्थापनमा विद्यार्थी, शिक्षक र अभिभावकलाई सहभागी गराउन जरुरी भएको बताउनुभयो । 

उहाँले इण्डोनेसियाको आचे प्रान्त, जापानको सुनामीग्रस्त क्षेत्र र स्विजरल्याण्डको प्रकोपपछिको पुनःस्थापना र व्यवस्थापन गरिएको उदाहरण प्रस्तुत गर्नुभयो । 

सो अवसरमा साउथ चाइना विद्यार्थीको प्रतिनिधिमण्डलका प्रमुख अमेरिकी अध्यापक क्रिस्टोफर पिकेटले लामो समयसम्म पुनःनिर्माणमा ढिलाइ हुँदापनि नेपालीको हँसिलोपन र सहनशीलताबाट आफूहरु प्रभावित भएको बताउनुभयो । प्रतिनिधिमण्डलमा १५ जना विद्यार्थी सहभागी छन् । 

नेपानको १२०औँ शृङ्खलाअन्तर्गत भएको सो अन्तरक्रिया कार्यक्रममा नेपानका अध्यक्ष चेतनाथ कणेंल, कार्यकारी निर्देशक फटिकबहादुर थापा र सदस्य मीनाक्षी दाहालले संस्थाले नीतिनिर्माण कार्यमा सरकारलाई गरेको सहयोग र विकासकर्मीको क्षमता अभिवृद्धिमा पुर्याएको योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार