2026-09-15 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलाको महाकाली नगरपालिका खुल्ला दिसा मुक्त घोषणा

लोकेन्द्र प्रशाद जोशी | माघ १५, दार्चुला । पुर्ण सरसफाईमा प्रतिबद्धता, हामी सबैको ऐक्यवद्धता भन्ने मुल नाराका साथ दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकालाई सोमबार एक कार्यक्रमका विच खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । ७ ओटा गाउँपालीका र २ ओटा नगरपालीका रहेको दार्चुलाको अन्तीम एब. नबौ स्थानिय तहको रुपमा एक औपचारीक कार्यक्रमकाबिच महाकाली नगरपालीकालाइ खुल्ला दिशामुक्त घोषणा गरीएको छ ।

नगरपालिका क्षेत्र भित्र रहेका कुल ४ हजार ४ सय १९ घरधुरीमा सौचालय निर्माण भई प्रयोगमा आए संगै महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडिएस), सुआहारा, सेफ वास र संकल्प दार्चुलाको सहयोगमा खुल्ला दिसा मुक्त घोषणा गरिएको हो ।

नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषणा समारोहमा अब देखि खुल्ला रुपमा दिशा नगर्ने नगरवासीले सामुहिक रुपमा प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिस प्रकाश कुमार काफ्लेले नगरपालिकालाई सफा स्वच्छ र हराभरा बनाउने जिम्मेवारी नगरवासीको भएको भन्दै सबै नागरिकले सरसफाइमा ध्यान दिएर सभ्य नागरीकको परिचय बनाउँन सक्नुपर्ने बताउँनुभयो ।

कार्यक्रमका अध्यक्ष एब. नगरप्रमुख हंसराज भट्टले खुला दिशामुक्त क्षेत्रलाइ सरसफाइ युक्त क्षेत्र बनाउँन सबै नगरबासीले हातोमालो गर्दै अगाडि बढ्न आह्वान गर्नुभएको छ ।

महाकाली नगरपालीका खुल्ला दिशामुक्त घोषणा भएसंगै जिल्लाका ९ ओटै स्थानिय तहका ६१ ओटै वडाहरु औपचारीक रुपमा खुल्ला दिशामुक्त घोषणा भएका छन ।

यसैबिच केहि दिनभित्रै सिगों जिल्लालाइ नै खुल्ला दिशामुक्त घोषणा गर्ने गरी आन्तरीक तयारी थालीएको छ । माघ महिना भित्रै दार्चुला जिल्लालाइ ओडिएफ घोषणाको तयारी भइरहेको जिल्ला स्वच्छता समन्वय समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ