सास । माघ १६, बर्दिया । 

शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ र पहिचान हराए मानिसको अस्तित्व नै हराउँछ भन्ने मूल आदर्शका साथ यही आउँदो २० गते बर्दियाको गुलरियामा स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । माघ १६, बर्दिया । 

शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ र पहिचान हराए मानिसको अस्तित्व नै हराउँछ भन्ने मूल आदर्शका साथ यही आउँदो २० गते बर्दियाको गुलरियामा स्व"/>

२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

उत्कृष्ट हुनेलाई ११ हजार नगद पुरस्कार : सहभागीताको लागि अाह्वान

१७ माघ २०७४, बुधबार ०२:३६

सास । माघ १७, बर्दिया । 

शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ र पहिचान हराए मानिसको अस्तित्व नै हराउँछ भन्ने मूल आदर्शका साथ यही आउँदो २० गते बर्दियाको गुलरियामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको आयोजना गरिएको छ । 

पुस्तकको बाहिरी अावरण जसबाट ५० प्रश्नहरु सोधिनेछ …….

धर्मलाई बुझ्ने र यसको वैज्ञानिकतालाई विर्सेर गलत अर्थ लगाउने गरिएको परिप्रेक्षमा आउदो शनिबार दिउसो १२ बजेदेखि गुलरियाको नगरभवनमा स्वामी विवेकानन्द संस्कृति परीक्षा लिइने भएको बुधबार गुलरियामा आयोजित परीक्षा सञ्चालन समितिको बैठकमा जनाइएको छ ।

हिन्दू स्वयं सेवक संघ गुलरियाको आयोजनामा गर्न लागिएको यो परीक्षामा विद्यालय स्तरमा अध्ययन गर्ने कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई सहभागी हुन दिइने छ । 

सहभागिताका लागि संघले उपलब्ध गराएको बस्तुगत प्रश्नहरुको सङ्ग्रहमा नेपालको भूगोल सम्बन्धी, इतिहास, संस्कार र परम्परा, हिन्दू जीवन दृष्टि, वेद उपनिषद्, रामायण, महाभारत, गीता, पुराण, भगवान् गौतम बुद्ध तथा वौद्ध धर्म सम्बन्धी, सांस्कृतिक विविधता, योग एवं आयुर्वेद, वैदिक काल गणना, विश्वव्यापि हिन्दू संस्कृति लगायतका विषयहरुमा समेटिएको पुस्तकको अध्ययन गरी सहभागी परीक्षार्थीहरुले ५० ओटा बस्तुगत प्रश्नहरुको उत्तर दिनुपर्ने छ । स्वतन्त्र रुपमा पनि सहभागी हुन पाइने यो परीक्षामा समान र उच्चतम नतिजा ल्याउने विद्यार्थीहरुमध्येबाट गोलाप्रथा गरी प्रथम हुनेलाई ११ हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुनेहरुमध्ये १० जनालाई जनही ५ सय नगद पुरस्कार दिइने ज्ञान परीक्षाका संयोजन प्रभात सुवेदीले जानकारी दिनुभयो । पुस्तकको मूल्य एक सय रुपैंया रहेको छ । पुस्तक लिएपछि यसको पछाडि दिइएको फारम भरी बुझाउनु पर्ने नियम बनाइएको छ । 

समितिको बैठक बस्दै ……… 

जिल्लामै पहिलो पटक आयोजना गरीएको यो कार्यक्रममा जिल्लाभरीबाट विभिन्न विद्यालयबाट ७ सय परीक्षार्थीहरुको सहभागीता रहने जनाइएको छ । यसका लागि यही माघ १९ गते साँझ ५ बजेसम्म सम्पर्क गरी सहभागीता हुन पाइने छ । 

यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी गराइदिनुहुन सम्पूर्ण अभिभावकवर्गहरुमा जिल्ला अध्यक्ष राजेन्द्र यादवले आह्वान गर्दै यसका लागि वहाँको सम्पर्क नम्बर ९८५९०३३३२७ मा सम्पर्क गर्न सकिने जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा