2026-09-15 07:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा दशरथ चन्दको जन्मघरमा शहीद दिवस यसरी मनाइयो

माघ १७, बैतडी । शहीद दशरथचन्दको जन्मभूमि बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मंगलबार शहीद दिवस मनाइयो । 

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको शहीद सदनमा विशेष श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो । 

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २३औँ वार्षिकोत्सवसमेत भएकाले प्रतिष्ठानका सचिव दुर्गादत्त जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अधिकांश वक्ताहरुले शहीदका सपना अझै पनि पूरा नभएकाले शहीदका सपना पूरा गर्ने दिशातर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । 

यसैबीच, शहीद दशरथचन्दको जन्मघर हेर्न आउने पाहुनालाई सजिलो होस् भन्नका लागि नजिकै होमस्टे सञ्चालनको तयारी पनि भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । बैतडी सदरमुकामस्थित गढीचोकमा रहेको शहीद दशरथचन्दको शालिकमा माल्यार्पण पनि गरिएको थियो । 

अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं ७ का प्रदेश सांसद माया भट्टले शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गर्नुभयो । 

यस्तै, शहीद दिवसका अवसरमा बैतडीको पुरचौँडी नगरपालिका–९ तल्लादेहीमा देउडा कार्यक्रम सम्पन्न गरिएको छ । बालविवाह र महिला हिंसा न्यूनीकरणका विषय समेटेर महिला उत्थान समाजले अक्सफामको सहयोगमा सो कार्यक्रम सम्पन्न गरेको हो । 

देउडा कार्यक्रममा सामुदायिक छलफल केन्द्रका महिला सदस्यलगायत २०० जनाको सहभागिता रहेको महिला उत्थान समाजका कार्यक्रम संयोजक काशिसिंह बिष्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ