2026-09-19 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मर्मतको अभावमा खानेपानी आयोजना बन्द हुने अवस्थामा

माघ १७, पोखरा | कास्कीस्थित भरतपोखरी, निर्मल पोखरी र कुस्ती नाच्नेचौरमा सञ्चालित खानेपानी आयोजनाको पाइपलाइन मर्मत नहुँदा बन्द हुने अवस्थामा पुगेको छ । 

कास्कीको छोरेपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै लामे आहाल जोड्ने सडक राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत स्तरोन्नति गर्ने क्रममा मुहानदेखि मुलटंकी र त्यहाँबाट वितरित अन्य पाइपलाइन क्षति हुँदा खानेपानी आपूर्ति बन्द हुने अवस्थामा पुगेको हो । 

भरतपोखरी कृस्ती निर्मलपोखरी सहलगानी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाका अध्यक्ष दाताराम आचार्यकाअनुसार जिल्ला प्राविधिक कार्यालय कास्कीबाट गरिएको प्राविधिक मूल्यांकनबाट सडक स्तरोन्नतिका क्रममा रु एक करोड पाँच लाख ४८ हजार ८३३ बराबरको खानेपानी पाइप लाइनमा क्षति हुनपुगेको छ । 

सडक स्तरोन्नतिका क्रममा सरोकारवालाबीच छलफल नै नगरी जथाभावी खन्दा पाइपलाइनमा क्षति भएको बताउँदै उहाँले क्षतिपूर्ति सम्बन्धमा विभिन्न चरणमा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम आयोजनामा जानकारी गराइए पनि त्यसतर्फ बेवास्था गरिएको बताउनुभयो । 

न्यूनतमरुपमा खानेपानीको आपूर्ति सञ्चालनार्थ रु ३१ लाख १४ हजार ३७७ तत्काल मर्मतका लागि आवश्यक देखिएको बताउँदै उहाँले मर्मत नभएमा खानेपानी सञ्चालन पूर्णरुपमा बन्द हुने अवस्थामा रहेको उल्लेख गर्नुभयो । 

खानेपानीको आपूर्ति नै बन्द भएपछि तत्कालीन समस्याको समाधानका लागि स्थानीय जनताको आग्रहमा पोखरा लेखनाथ महानगरपालिका–२१ कार्यालयबाट रु ३८ हजार उपलब्ध गराइएको वडा अध्यक्ष खगराज आचार्यले बताउनुभयो । 

“सडकको स्तरोन्न्ति आवश्यक भए पनि उक्त क्रममा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम आयोजनाले सरोकारवालाबीच सहकार्य गरेको देखिएन” उहाँले भन्नुभयो, “वडा सीमित एवं अन्य योजनका लागि छुट्याइएको रकम पाइपलाइन मर्मत लगायतका लागि खर्च गर्न सक्ने अवस्था छैन ।” 

क्षति भएको पाइपलाइनको मर्मत राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम आयोजनाबाट हुनुपर्ने उहाँले बताउनुभयो । खानेपानीको चरम अभाव रहेको उक्त क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाबाट नौ हजार ७५० जना उपभोक्ता लाभान्वित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो