Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १७ गते, अपराह्न ३:०५ बजे काठमाडौँ - KTM, चितवन - CTW, समाज

भारतबाट तीन नेपाली चेलीको यसरी गरियो उद्धार

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १७, चितवन । एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ ।

बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो ।

उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक मंगलबाट मात्रै एकजना चेलीको उद्धार गरी चितवनमा ल्याइएको छ । यो आर्थिक वर्ष लागेपछि साउनदेखि अहिलेसम्म पाँच चेलीको उद्धार भएको केआइ नेपाल चितवनका संयोजक केमिका घिमिरेले जानकारी दिनुभयो ।

एकजनाको आफ्नै श्रीमान्ले नै भारत पु¥याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की एक जनाको दलालमार्फत बेचिन लागेका बेला उद्धार भएको घिमिरेले बताउनुभयो ।

एकजना किशोरीलाई भारत हुँदै दुबई लगेको र दुबईमा मेडिकल परीक्षणमा दाग देखिएपछि फिर्ता गरेर भारतको होटलमा राखेको अवस्थामासम्पर्कमा आउन सफल भएपछि उनको उद्धार गरिएको बताइएको छ ।

अहिले उद्धार गरिएका तीनै जनालाई भरतपुरमा मनोविमर्श सेवासँगै सीप सिकाउन थालिएको छ । अर्का एक जनालाई आफन्तमार्फत भारत पुगेका बेला उद्धार गरिएको छ । मंगलबार मात्रै चितवन आइपुगेकी उहाँको विषयमा आवश्यक अनुसन्धान भइरहेको केआइ नेपालले जनाएको छ ।

उनीहरुलाई भारतमा रहेको दूतावास र भारतको महिला आयोगको सहयोगमा केआइ नेपालका प्रतिनिधिमार्फत उद्धार गरेर नेपाल ल्याइएको हो ।

विभिन्न समयमा उद्धार गरिएका २१ जना अहिले भरतपुरको पुनःस्थापना गृहमा राखिएको र १९ जनाले सीप सिकिरहेको लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउनुहुन्छ । दुईजना भने पढ्दै छन् ।

गएको एक वर्षमा केआइ नेपालले हिंसा र बेचबिखन प्रभावितलाई उद्धार गरी ४७ जनालाई परिवारमा पुनर्मिलन समेत गराएको छ । जसमा ३५ जनाले सीप सिकेर व्यवसाय गर्न थालेका छन् ।  रासस