2026-10-15 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा तेत्तीस लाखसहित छ जुवाडे पक्राउ

माघ १८, सुर्खेत | सुर्खेत प्रहरीले रु ३३ लाखसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा रु छ लाख ४९ हजार ५६० नगद र रु २६ लाख ७५ हजारका चेकसहित उनीहरू पक्राउ परेका हुन् । 

प्रहरीले जुवाको खालबाट रु २६ लाख ७५ हजारको चेक पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीका अनुसार कबाडीको ठेक्कापट्टा गर्ने बाराका सवीर मियाँको नाममा काटिएको गणेशजल सहकारीको रु १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका चार वटा चेक बरामद भएका छन् । 

सापकोटाका नामका ग्लोवल आइएमई बैंकको रु पाँच लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको रु १०–१० लाखका दुई चेक र सानिमा बैंकको रु एक लाख ६५ हजारको चेक बरामद गरिएको प्रनाउ चौधरीले जानकारी दिनुभयो । 

। “ठाउँ परिवर्तन गर्दै खेल्ने गरेको सूचना हामीलाई प्राप्त भएको थियो”, प्रहरी निरीक्षक शंकर श्रेष्ठले भन्नुभयो, “निरन्तरको मेहनतपछि पक्राउ गर्न सफल भयौँ ।” प्रहरीका अनुसार यो समूह जुवा खेल्नका लागि वीरेन्द्रनगर नजिकैको जंगलमा पनि पुग्ने गरेको थियो । केही दिनअघि उत्तरी जलाधार क्षेत्रभित्रको जंगलमा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले तास र मदिरामात्रै फेला पारेर फर्केको थियो । 

“हामी नपुग्दै उनीहरुसम्म सूचना पुगिसक्ने भएकाले पक्राउ गर्न सकिरहेका थिएनौँ”, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, “यो पटक भने सफलता हात पर्यो ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने