२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

‘प्रदेशको राजधानी हेटौँडा हुँदा आर्थिक हिसाबले प्रगति हुन्छ’

२०७४, १८ माघ बिहीबार १२:१६

अञ्जली थापा / माघ १८, हेटौँडा | प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकमा उपस्थित सांसदले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा फरक फरक प्रतिक्रिया दिनुभएको छ । 

सरकारले प्रदेश नं ३ को अस्थायी मुकामका रुपमा मकवानपुरलाई तोकेको छ । स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभामा रहन्छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रदेश सांसद् अष्टलक्ष्मी शाक्यले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशको राजधानीको विषयमा भन्नुभयो, “हेटौँडा हरेक किसिमले सुन्दर छ, पहिला अस्थायी राजधानी तोक्दा अलि असहज लागे पनि अहिले सबै खुशी छन् तर पार्टीले यसमा आधिकारिक धारणा बनाइसकेको छैन ।” 

नेकपा (माओवादी केन्द्र)का शालिकराम जमरकट्टेलले हेटौँडालाई प्रदेश राजधानीको लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको लगानी यहाँ भइसकेको छ, र पूर्वाधार पनि बन्ने क्रममा छ, त्यसैले मेरो मत यहीँ राजधानी राखिनुपर्छ भन्ने हो ।” माओवादी केन्द्रकै राधिका तामाङले आफ्ना लागि हेटौँडा राजधानीको पायक नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले के सोचेर अस्थायी मुकाम तोक्यो बुझ्न सकेको छैन, यहाँ राजधानी हुनु हुँदैन ।” 

नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँले पहिलो पटक भएको संसद् बैठक गृह जिल्लामा हुनाले उत्साहित बनाएको बताउनुभयो । उहाँले अस्थायी मुकाम हेटौँडामा तोकिनु सरकारकोे वैज्ञानिक निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको राजधानी हेटौँडा हुँदा आर्थिक हिसाबले पनि प्रगति हुन्छ किनकि यो आर्थिक नाका हो ।” 

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुका कर्मचारी लक्ष्मण दाहालले पहिलो पटक संसद्को बैठक हेर्दा सिंहदरबार हेटौँडामा आएको अनुभव भएको सुनाउनुभयो । 

नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्माले बैठकले दर्शक स्रोतादेखि सांसदसम्मलाई कौतुहलता दिलाएको बताउनुभयो । “हामी सबैमा अब के हुन्छ भन्ने जिज्ञासा अन्तिम समयसम्म कायम रह्यो, हामीलाई कार्यतालिका थाहा भए पनि बिल्कुलै नौलो लाग्यो र कौतुहल कायमै रह्यो”, उहाँले थप्नुभयो, “यो बैठकले हामीलाई सभ्य र ‘सिस्टम’ नि सिकाएको छ ।” 

मकवानपुरका सञ्चारकर्मी राममणि दाहालले बैठकले मुलुक संरचनामा गएको र संघीयता प्राप्त भएको महसुस दिलाएको बताउनुभयो । उहाँले यो क्षणलाई ऐतिहासिक रुपमा ग्रहण गरिएको समेत बताउनुभयो । उहाँले भन्नुभयो “अब भने हामी संघीयतामा गयौँ भन्ने महसुस यो बैठकले प्रत्याभूत गरायो ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा