२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वप्रधानमन्त्रीहरूले कूटनीतिक मर्यादा उल्लंघन गर्नुभयो: थापा

२०७४, २० माघ शनिबार १२:४३

माघ २०, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदा पूर्व प्रधानमन्त्रीहरूले भेट गर्नु कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानविपरीत भएको बताउनुभएको छ । 

उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री समेत रहनुभएका मन्त्री थापाले आज हेटौँडामा राप्रपा, मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत र दलीय स्वार्थका लागि भेट उपयुक्त भए पनि राष्ट्रिय स्वाभिमानविपरीत भएको उल्लेख गर्नुभयो । 

फरक प्रसंगमा मन्त्री थापाले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जनताले देशमा राजनीतिक स्थिरता र बलियो सरकारका लागि वाम गठबन्धनलाई स्पष्ट जनादेश दिएकाले जनमतको कदर गर्दै वाम गठबन्धनलाई सरकार चलाउन दिनुपर्ने बताउनुभयो । 

उहाँले प्रदेश नं. ३ को राजधानी हेटौँडा सडक तथा अन्य पूर्वाधारको आधारमा उपयुक्त रहेकाले स्थायी राजधानी हुने बताउनुभयो । 

उहाँले देशमा बाम गठबन्धनको सरकार गठन भएपनि लोकतान्त्रिक गठबन्धनको विकल्प छैन भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित