सास । माघ २०, बर्दिया । 

हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । माघ २०, बर्दिया । 

हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ । 

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

४ सय १९ को महाभिडन्तमा ११ हजार नगद जित्ने को हुन् ?

२० माघ २०७४, शनिबार १३:२०

सास । माघ २०, बर्दिया । 

हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ । 

मूलतः कलिका मन र मस्तिष्क भएका बालबालिकाहरुलाई हिन्दू धर्म, दर्शन र विज्ञानको ज्ञान दिने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा ध्रुव माध्यमिक विद्यालय तुलसीपुरबाट सहभागी रुपेश चौधरीले प्रथम स्थान प्राप्त गरेका छन् । यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयका निर्मल कुमार गुप्ता द्वितीय र जनज्योति सेकेण्डरी बोर्डिङ स्कूल गुलरियाकी प्रश्ना सुवेदीले तृतीय स्थान प्राप्त गरेकी छन् । 


प्रथम स्थान प्राप्त गर्न सफल रुपेश चौधरीलाई पुरस्कार प्रदान गर्नुहुँदै भेरी कलेज अफ मेडिकल साइन्सका प्रवन्ध निर्देशक सुधाकर मिश्र …….

यसैगरी ने.रा.मा.वि. शम्भुशरण खैरापुरका विकास यादव, जनज्योति सेकेण्डरी बोर्डिङ स्कूल गुलरियाबाट सुदिक्षा यादव, बबई बहुमुखी क्याम्पसबाट सुरज बञ्जारा, जनज्योति सेकेण्डरी बोर्डिङ स्कूल गुलरियाबाट रोहित गोडिया, भेरी कलेज अफ मेडिकल साइन्सबाट रुची कर्ण, बगलामुखी राधाकृष्ण थारु मा.वि. बाट राम कुमार चौधरी, शम्भुशरण मा.वि. खैरापुरका विकाश यादव, लिटिल हेवेन स्कूलबाट प्रिज्मा थारु, कोटही मा.वि.बाट कल्पना गोडिया र बगलामुखी राधाकृष्ण थारु मा.वि. बाट मनिषा गुप्ताले सान्त्वना स्थान प्राप्त गरेका थिए । सान्त्वना पुरस्कार प्राप्त गर्ने १० जनालाई नगद रु. ५ सय र प्रमाणपत्र प्रदान गरिएको थियो ।


पुरस्कृत विद्यार्थीहरु …………

प्रथम पुरस्कार नगद रु. ११ हजार भेरी कलेज अफ मेडिकल साइन्सका निर्देशक सुधाकर मिश्रले प्रायोजन तथा प्रदान गर्नुभएको थियो भने द्वितीय पुरस्कार रु. ७ हजार सुवास पोखरेल, तृतीय पुरस्कार रु. ५ हजार जनक यादवले प्रायोजन तथा प्रदान गर्नुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएलगत्तै राष्ट्रिय गान गाएपछि परीक्षा शुरु गरिएको थियो । ठिक साडे १२ बजेदेखि शुरु गरिएको परीक्षा आधा घण्टासम्म सञ्चालन गरिएको थियो । 

गुलरिया नगरक्षेत्रका २० ओटा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट कूल ४ सय १९ जनाको सहभागिता रहेको ज्ञान परीक्षामा २० जना शिक्षकहरु निरीक्षक र परीक्षकका रुपमा परिचालन गरिएको कार्यक्रम संयोजक प्रभात सुवेदीले बताउनुयो । उत्कृष्टहरुमध्येबाट पनि गोलाप्रथा गरेर अन्तिम नतिजा प्रकाशन गर्नुपर्ने अवस्था आउनुले परीक्षाप्रति विद्यार्थीहरु निकै संवेदनशील भएको र यसमा सक्रीय रुपमा बडो चासोका साथ सहभागी भएको परीक्षा संयोजक गोविन्द ज्ञवालीले बताउनुभयो ।

स्वामी विवेकान्नद संस्कृत ज्ञान परीक्षामा सहभागी विद्यार्थीहरु …………………

प्रश्नहरुको सङ्ग्रहमा नेपालको भूगोल सम्बन्धी, इतिहास, संस्कार र परम्परा, हिन्दू जीवन दृष्टि, वेद उपनिषद्, रामायण, महाभारत, गीता, पुराण, भगवान् गौतम बुद्ध तथा वौद्ध धर्म सम्बन्धी, सांस्कृतिक विविधता, योग एवं आयुर्वेद, वैदिक काल गणना, विश्वव्यापि हिन्दू संस्कृति लगायतका विषयहरुमा समेटिएको संघका जिल्ला अध्यक्ष राजेन्द्र यादवले जानकारी गराउनुभयो । 

कार्यक्रमको पूर्वसन्ध्यामा जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो । हिन्दू स्वयंसेवक संघका राष्ट्रिय सह सम्पर्क प्रमुख डा.दीपक कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायधिवक्ता, सुरक्षा निकायका प्रमुख, अभिभावकहरु, विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । 

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरुले निकै रोचक सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत