२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएपछि…

२०७४, २० माघ शनिबार १६:००

भारतका प्रहरीहरूले १३ जना विद्यार्थीहरुलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाएर दण्ड दिने एकजना प्रधानाध्यापिका विरूद्ध उजुरी दर्ता गरेका छन्।

ती प्रधानाध्यापिका सुशान्ती हेमब्रोमले ९ बर्षका ती विद्यार्थीमध्ये कसले कक्षाको अर्को सहपाठीबाट पैसा चोरेको थियो भनेर पत्ता लगाउने प्रयास गरेकी थिइन्।

भारतको पूर्वी प्रान्त झारखण्डको एउटा निजी विद्यालयमा बुधवार यो घटना भएको थियो।

त्यसको भोलिपल्टै विद्यार्थीका अभिभावकले गुनासो गरेपछि उनलाई निलम्बन गरिएको थियो।

Photo: Getty Image 

गल्ती

प्रहरीले बीबीसी हिन्दीका रवि प्रकाशलाई दिएको जानकारी अनुसार ती शिक्षिकाले दोषी विद्यार्थीले डरले आफ्नो गल्ती स्वीकार गर्लान भनेर त्यसरी दण्ड दिएकी थिइन्।

तर सबै विद्यार्थीहरुले शिक्षिकाले भनेजस्तै गरे र जलिरहेको मैनबत्तीमाथि आफ्ना हात राखे।

उनीहरुमध्ये केहिले तत्कालै आफ्नो हात हटाएको भएपनि ७ जनाको हात जलेर घाउ लागेको छ।

कम्तीमा एक जना विद्यार्थी, जसलाई दबाब दिएर हेमब्रोमले मैनबत्तीमाथि हात राख्न लगाइरहिन्, उसलाई नराम्रोसँग पोलेपछि अस्पतालमा भर्ना गर्नु परेको थियो।

ती विद्यार्थी बिहीवार अस्पतालबाट फिर्ता भएको जनाइएको छ।

प्रहरीले ती प्रधानाध्यापिकाले आफ्नो गल्ती स्वीकार गरेको जनाएको छ।

दण्ड

उनले आफूबाट 'ठूलो भुल' भएको स्वीकार गर्दै विद्यार्थी तथा उनीहरूका अभिभावकसँग माफी मागेकी थिइन्।

भारतका विद्यालयहरुमा विद्यार्थीहरुलाई कडा शारीरिक दण्ड दिन प्रतिबन्ध लगाइएको छ।

तर विद्यार्थीहरुलाई त्यस्ता दण्ड दिने घटना त्यहाँका लागि नौला होइनन्।

अझ कतिपय स्थानमा त विद्यार्थीहरुलाई नाङ्गो बनाएर समेत सजाय दिने गरिन्छ।

मार्च २०१७ मा उत्तर प्रदेशको एउटा विद्यालयले महिनावारीका क्रममा निस्कने रगत जाँच्न भन्दै ७० जना १० वर्षका छात्रालाई एउटा आवासीय विद्यालयमा नग्न हुन लगाएको थाहा पाएपछि अभिभावकहरु स्तब्ध भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ