१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेशसभाको पोशाकः दौरासुरुवाल, सुटप्यान्टस र साडीचोलो

२१ माघ २०७४, आईतवार ०८:१८

माघ २१, पोखरा | प्रदेश नं ४ को प्रदेशसभाको बैठक सोमबार पोखरामा हुँदैछ । 

प्रदेशसभा बैठकलाई लक्ष्य गरी नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई बैठकस्थलका रुपमा तयार गरिएको छ । सँगै रहेको भवनमा भने सचिवालय स्थापना गरी काम सञ्चालन शुरु गरिसकिएको छ । 

बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । बैठकमा सहभागी हुन प्रदेश नं ४ अन्तर्गतका जिल्लाबाट कतिपय प्रदेशसभा सदस्य यहाँ आइसक्नुभएको छ भने कतिपय आउने क्रममा हुनुहुन्छ । 

प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहु, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ जिल्ला पर्छन् । सोमबारको बैठकको प्रक्रियालगायत विषयमा छलफल गर्न शनिबार सर्वदलीय बैठक सम्पन्न भएको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिनुभयो । सर्वदलीय बैठकले प्रदेशसभा बैठकका प्रक्रिया सम्बन्धमा छलफल गर्नाका साथै पोशाकलगायत विषयमा सहमति कायम गरेको बताइएको छ । 

ज्येष्ठ सदस्य श्रेष्ठका अनुसार प्रदेशसभा बैठकमा आउन पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ । बैठकमा पुरुष सदस्यले दौरासुरुवाल र कोट वा सुटप्यान्टस वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ । 

त्यस्तै महिला सदस्यका लागि साडीचोलो वा सुटप्यान्टस वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ । लगभग एक घण्टा १५ मिनेट समयावधि अनुमान गरिएको सोमबारको बैठकमा संसदीय परम्परानुरुप प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्ति रहेको अध्यक्षमण्डल चयन गर्नेलगायत विषयमा सर्वदलीय सहमति गरिएको सहसचिव बुढाथोकीले जानकारी दिनुभयो । 

प्रत्येक ठूला दलबाट तीन तीन (कम्तीमा एक महिलासहित) र साना दलबाट एक एक गरी ११ जनाले मन्तव्य दिने सहमति दलबीच भएको छ । बैठकलाई लक्ष्य गर्दै प्रदेशसभा कक्षमा पूर्वाधार निर्माणका काम लगभग अन्तिम चरणमा पुगेको शहरी विकास डिभिजनका प्रमुख किशोरलाल माजुले जानकारी दिनुभयो । 

साठी सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदका लागि माइकसहितका कुर्ची मिलाएर राखिसकिएको छ । बैठक हेर्न त्यसभन्दा पछिल्लो भागमा अन्य सहभागीका लागि ६० र पत्रकारका लागि ३० कुर्ची राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह