१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

२१ माघ २०७४, आईतवार १२:१७

माघ २१, मकवानपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरिएको सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने बताउनुभएको छ । 

थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यालयलाई स्वावलम्बी र आत्मनिर्भर बनाएर नै गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने सधैँ हेक्का राख्न पनि आग्रह गर्नुभयो । 

विकासको मूल आधारका रुपमा रहेको गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य सदा कटिबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

‘थाहा’ दर्शनका प्रणेता सामाजिक चेतना र जागरण अभियानका अभियन्ता रुपचन्द्र विष्टको कर्मस्थलमा आएर विद्यालयमा विज्ञान प्रयोगशाला भवन तथा स्वर्ण स्मारक उद्घाटन गर्ने अवसर पाएकामा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो । 

राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालका विभिन्न राष्ट्रिय भाषामा दख्खल राखी भाषाका माध्यमबाट स्थानीय जनसमुदायमा सामाजिक जागरण अभिवृद्धि गर्ने विष्टको कर्मथलोलाई ‘थाहा’ अभियानसँग जोडेर थाहा नगरपालिका नामाकरण हुनु खुशीको विषय हो ।” 

राजनीतिक स्थिरता र स्थायित्वसहित मुलुक अब समृद्धितर्फ अगाडि बढ्ने जमर्को गर्दैछ भन्दै उहाँले दामन पालुङ उपत्यकामा पर्यटन विकासको प्रशस्त सम्भावना रहेकाले पूर्वाधार विकासलाई थप सुदृढ पार्दै पयर्टन व्यवसायका माध्यमबाट आर्थिक विकासमा टेवा पुर्याउन अग्रसर हुन आह्वान गर्नुभयो । 

प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य कुमारी मोक्तानलगायतले विद्यालय स्वर्ण वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा विद्यालय पूर्वप्रधानाध्यापक शिवराज शर्मालगायतलाई सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन पनि गर्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह