2026-09-08 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

माघ २१, मकवानपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरिएको सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने बताउनुभएको छ । 

थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यालयलाई स्वावलम्बी र आत्मनिर्भर बनाएर नै गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने सधैँ हेक्का राख्न पनि आग्रह गर्नुभयो । 

विकासको मूल आधारका रुपमा रहेको गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य सदा कटिबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

‘थाहा’ दर्शनका प्रणेता सामाजिक चेतना र जागरण अभियानका अभियन्ता रुपचन्द्र विष्टको कर्मस्थलमा आएर विद्यालयमा विज्ञान प्रयोगशाला भवन तथा स्वर्ण स्मारक उद्घाटन गर्ने अवसर पाएकामा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो । 

राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालका विभिन्न राष्ट्रिय भाषामा दख्खल राखी भाषाका माध्यमबाट स्थानीय जनसमुदायमा सामाजिक जागरण अभिवृद्धि गर्ने विष्टको कर्मथलोलाई ‘थाहा’ अभियानसँग जोडेर थाहा नगरपालिका नामाकरण हुनु खुशीको विषय हो ।” 

राजनीतिक स्थिरता र स्थायित्वसहित मुलुक अब समृद्धितर्फ अगाडि बढ्ने जमर्को गर्दैछ भन्दै उहाँले दामन पालुङ उपत्यकामा पर्यटन विकासको प्रशस्त सम्भावना रहेकाले पूर्वाधार विकासलाई थप सुदृढ पार्दै पयर्टन व्यवसायका माध्यमबाट आर्थिक विकासमा टेवा पुर्याउन अग्रसर हुन आह्वान गर्नुभयो । 

प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य कुमारी मोक्तानलगायतले विद्यालय स्वर्ण वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा विद्यालय पूर्वप्रधानाध्यापक शिवराज शर्मालगायतलाई सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन पनि गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग