२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा राहतको घर निर्माण नगर्ने कति ?

२०७४, २२ माघ सोमबार ०२:०९

माघ २२, चौतारा (रासस) | भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् । 

जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार रहेका छन् । पहिलो सूचीमा समावेश नभएका पाँच हजार १२६ परिवारले गुनासो दर्ता गराए सँगै ८३ हजार ६६३ परिवार लाभग्राही सूचीमा समावेश भएका छन् । हालसम्म जिल्लामा ६५ प्रतिशतले मात्र घर निर्माण शुरु गरेका छन् भने ३५ प्रतिशतले अझै शुरु नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख टंक गौतमले बताउनुभयो । 

दोस्रो किस्ताका लागि ४० हजार ३५० परिवारका लागि सिफारिश गरिएको छ । तेस्रो किस्ताका लागि भने पाँच हजार ४८६ परिवारको मात्र सिफारिश गरिएको सो कार्यालयले जनाएको छ । पुस मसान्तपछि आउने लाभग्राहीका लागि सिफारिश नगरिएको बताउँदै म्याद थप्ने/नथप्ने बारेका अहिलेसम्म जानकारी नआएकाले सिफारिश नगरिएको प्रमुख गौतमले बताउनुभयो । 

यसैबीच भूकम्पबाट जमिन चिराचिरा परी बस्नै नहुने ६३ परिवारलाई उपयुक्त स्थानमा घडेरी खरिद गरी स्थानान्तरण गरिएको छ । जोखिममा परेका बस्तीका पीडितलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सिलसिलामा बाह्रबिसे नपा १८ र इन्द्रावती गापाका ४३ सहित ६१ परिवारलाई घडेरी खरिद गरी जग्गा धनीपुर्जा वितरण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट त्यस्ता परिवारका लागि घडेरी खरिद गर्न रु दुई लाखका दरले अनुदान दिने क्रममा पीडितले उपयुक्त ठानेको स्थानमा घडेरी खरिद गरी जग्गा धनीपुर्जा वितरण गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सिन्धुपाल्चोकका प्रमुख रुद्रबहादुर मल्लले बताउनुभयो । 

केन्द्रले जिल्लामा हालसम्म ५२१ परिवार जोखिमपूर्ण बस्तीमा रहेको तथ्यांक पठाएको उल्लेख गर्दै त्यसमा अझ बढ्न सक्ने सम्भावना रहेको प्रमुख मल्लले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी