2026-07-05 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रुपचन्द्रले शुरु गरेको कृषि कर हटेपछि चन्दा उठाएर विद्यालय सञ्चालन

2018-02-05

प्रकाश सिलवाल/माघ २२, मकवानपुर । तीसको दशकसम्म स्थानीय कृषकबाट उत्पादित तरकारीमा लगाइने करको केही हिस्सा पाउँदै आएको जनकल्याण माध्यमिक विद्यालयले अहिले आम्दानीका अन्य स्रोतमा भर पर्नु परेको छ । 

थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टले थालनी गरेको सो कृषि करले विद्यालयको आर्थिक संकट टर्ने गरेकामा हाल सरकारको न्यून बजेटको मारमा विद्यालय परेको हो । 

केन्द्र र स्थानीय सरकारबाट पाउने अनुदानबाट नपुगेर विद्यालयले अभिभावक र अन्य स्रोतबाट चन्दा सहयोग जुटाएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउन पहल गरिरहेको छ । 

विद्यालय शुरुआतका समयमा आर्थिक संकट हुँदा तत्कालीन प्रधानाध्यापक रुपचन्द्र विष्टको नेतृत्वमा पालुङ विकास समिति २०३१ गठन गरी कृषि करको अभियान थालनी भएको थियो । 

स्थानीय रुपमा उत्पादित आलु र अन्य तरकारीमा प्रतिधार्नी नौ पैसा कर लगाई त्यसको ६० प्रतिशत विद्यालय तथा ४० प्रतिशत पूर्वाधार विकासमा खर्चने गरिएको प्रधानाध्यापक सानोभाइ कार्कीले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष झलकचन्द्र विष्ट हुनुहुन्थ्यो । संयोग थाहा नगरपालिकाका प्रमुख पनि लवशेर विष्ट नै हुनुहुन्छ । विष्टहरुकै त्याग र बलिदानबाट विद्यालय यहाँसम्म आइपुगेको शिक्षकहरु बताउँछन् । 

सोही विद्यालयमा पढेका प्रअ कार्कीले दुई दशकयता कृषि करको हिस्सा विद्यालयले पाउने प्रणाली हटेको र हाल स्थानीय सरकारले सो कर उठाई उसको वार्षिक बजेटका आधारमा विद्यालयले मागेको आधारमा केही रकम दिने गरेको जनाउनुभयो । 

मकवानपुरको मध्यभागमा रहेको विद्यालय थाहा नगरपालिका–७ मा पर्छ । शुरुमा कक्षा ६ देखि १० सम्म सञ्चालन गरेको सो विद्यालयले २०६२ सालदेखि कक्षा ११ र १२ पनि सञ्चालन गर्न थालेको हो । विद्यालयको पहिलो प्रवेशिका परीक्षा २०२६ सालमा एकजना मात्र विद्यार्थी रहेकामा हाल कक्षा १ देखि १२ सम्म कृषि प्राविधिक र साधारणतर्फ गरी एक हजार २५७ विद्यार्थी छन् । 

यहाँ गृह जिल्लाका साथै छिमेकी जिल्ला धादिङका विद्यार्थी पनि आउने गर्छन् । विसं २०२५ मा स्थापित सो विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । सोही अवसरमा विद्यालयले स्वर्ण महोत्सव स्तम्भ र कृषि प्रयोगशाला भवन पनि उद्घाटन भयो । 

स्थानीय ढुंगालाई कलात्मक रुपमा बनाइएको स्तम्भमा थाहा अभियानको प्रतीक, कृषकले उत्पादन गर्ने आलु, जोत्दै गरेको गोरु र पढ्दै गरेका विद्यार्थीसमेत देखाइएको छ । 

प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाले कृषि करको रकमबाट समेत विद्यालय चलाउनु परेको अवस्था स्मरण गर्दै परेको खण्डमा अहिले पनि स्थानीयवासी र कृषकले विद्यालयलाई सहयोग गर्नुपर्ने बताउनुभयो । 

विद्यालयले आगामी दिनमा प्राविधिक शिक्षामा स्नातक तहसम्म सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने, शैक्षिक क्रियाकलापलाई प्रविधियुक्त बनाई गुणस्तरीयता वृद्धि गर्ने, विद्यालय हातामा स्वच्छ पिउने पानीको पर्याप्तता र शौचालयको व्यवस्था तथा शिक्षकको क्षमता अभिवृद्धिमा निरन्तरता दिने जस्ता कार्यक्रम अघि सारेको प्रअ कार्कीले जनाउनुभयो । विद्यालयले साताव्यापी कार्यक्रम गरेको स्वर्ण महोत्सव मनाइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै