१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रुपचन्द्रले शुरु गरेको कृषि कर हटेपछि चन्दा उठाएर विद्यालय सञ्चालन

२२ माघ २०७४, सोमबार ०५:४८

प्रकाश सिलवाल/माघ २२, मकवानपुर । तीसको दशकसम्म स्थानीय कृषकबाट उत्पादित तरकारीमा लगाइने करको केही हिस्सा पाउँदै आएको जनकल्याण माध्यमिक विद्यालयले अहिले आम्दानीका अन्य स्रोतमा भर पर्नु परेको छ । 

थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टले थालनी गरेको सो कृषि करले विद्यालयको आर्थिक संकट टर्ने गरेकामा हाल सरकारको न्यून बजेटको मारमा विद्यालय परेको हो । 

केन्द्र र स्थानीय सरकारबाट पाउने अनुदानबाट नपुगेर विद्यालयले अभिभावक र अन्य स्रोतबाट चन्दा सहयोग जुटाएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउन पहल गरिरहेको छ । 

विद्यालय शुरुआतका समयमा आर्थिक संकट हुँदा तत्कालीन प्रधानाध्यापक रुपचन्द्र विष्टको नेतृत्वमा पालुङ विकास समिति २०३१ गठन गरी कृषि करको अभियान थालनी भएको थियो । 

स्थानीय रुपमा उत्पादित आलु र अन्य तरकारीमा प्रतिधार्नी नौ पैसा कर लगाई त्यसको ६० प्रतिशत विद्यालय तथा ४० प्रतिशत पूर्वाधार विकासमा खर्चने गरिएको प्रधानाध्यापक सानोभाइ कार्कीले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष झलकचन्द्र विष्ट हुनुहुन्थ्यो । संयोग थाहा नगरपालिकाका प्रमुख पनि लवशेर विष्ट नै हुनुहुन्छ । विष्टहरुकै त्याग र बलिदानबाट विद्यालय यहाँसम्म आइपुगेको शिक्षकहरु बताउँछन् । 

सोही विद्यालयमा पढेका प्रअ कार्कीले दुई दशकयता कृषि करको हिस्सा विद्यालयले पाउने प्रणाली हटेको र हाल स्थानीय सरकारले सो कर उठाई उसको वार्षिक बजेटका आधारमा विद्यालयले मागेको आधारमा केही रकम दिने गरेको जनाउनुभयो । 

मकवानपुरको मध्यभागमा रहेको विद्यालय थाहा नगरपालिका–७ मा पर्छ । शुरुमा कक्षा ६ देखि १० सम्म सञ्चालन गरेको सो विद्यालयले २०६२ सालदेखि कक्षा ११ र १२ पनि सञ्चालन गर्न थालेको हो । विद्यालयको पहिलो प्रवेशिका परीक्षा २०२६ सालमा एकजना मात्र विद्यार्थी रहेकामा हाल कक्षा १ देखि १२ सम्म कृषि प्राविधिक र साधारणतर्फ गरी एक हजार २५७ विद्यार्थी छन् । 

यहाँ गृह जिल्लाका साथै छिमेकी जिल्ला धादिङका विद्यार्थी पनि आउने गर्छन् । विसं २०२५ मा स्थापित सो विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । सोही अवसरमा विद्यालयले स्वर्ण महोत्सव स्तम्भ र कृषि प्रयोगशाला भवन पनि उद्घाटन भयो । 

स्थानीय ढुंगालाई कलात्मक रुपमा बनाइएको स्तम्भमा थाहा अभियानको प्रतीक, कृषकले उत्पादन गर्ने आलु, जोत्दै गरेको गोरु र पढ्दै गरेका विद्यार्थीसमेत देखाइएको छ । 

प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाले कृषि करको रकमबाट समेत विद्यालय चलाउनु परेको अवस्था स्मरण गर्दै परेको खण्डमा अहिले पनि स्थानीयवासी र कृषकले विद्यालयलाई सहयोग गर्नुपर्ने बताउनुभयो । 

विद्यालयले आगामी दिनमा प्राविधिक शिक्षामा स्नातक तहसम्म सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने, शैक्षिक क्रियाकलापलाई प्रविधियुक्त बनाई गुणस्तरीयता वृद्धि गर्ने, विद्यालय हातामा स्वच्छ पिउने पानीको पर्याप्तता र शौचालयको व्यवस्था तथा शिक्षकको क्षमता अभिवृद्धिमा निरन्तरता दिने जस्ता कार्यक्रम अघि सारेको प्रअ कार्कीले जनाउनुभयो । विद्यालयले साताव्यापी कार्यक्रम गरेको स्वर्ण महोत्सव मनाइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह