१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेशसभा सदस्य औपचारिक पोशाकमा

२२ माघ २०७४, सोमबार ०७:३४

माघ २२, पोखरा | प्राकृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकमा नेपालको संविधानको भावनाअनुरुप सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधता छर्लङ्ग देखिएको छ । 

नेपाली जनताको ठूलो बलिदानबाट जारी भएको संविधान कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको प्रदेशसभाको बैठकमा आउने धेरैजसो सदस्य औपचारिक पोशाकमा देखिन्थे । 

रातो कार्पेटकै झल्को दिने किसिमले बिच्छाइएको रातो डोरमेट प्रयोग गरेर चिटिक्क सजाइएको नदीपुरस्थितस्थित प्रदेशसभाको बैठकमा औपचारिक पोशाकका साथ प्रदेशसभा सदस्य प्रवेश गरेको दृश्य निकै आकर्षक देखिएको थियो । 

बिहान ११.०२ बजे जनाउ घण्टी बज्नु अगावै प्रदेशसभा सदस्य बैठकस्थल प्रवेश गरिसकेका थिए । 

जातीय विविधता स्पष्ट देखिने यस प्रदेशसमा ३० जना खसआर्य, २५ जना आदिवासी जनजाति, तीनजना दलित र एकजना अल्पसंख्यक सदस्य छन् । त्यस्तै यस प्रदेशमा ४० पुरुष तथा २० महिला छन् । 

जम्मा ६० सदस्यले प्रतिनिधित्व गर्ने सो प्रदेशको भौगोलिक सिमाना हिमालपारिको जिल्ला मनाङ मुस्ताङदेखि तराईको सुस्तासम्म फैलिएको छ । 

यस प्रदेशमा गोरखा, लमजुङ, कास्की तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ गरी ११ वटा जिल्ला छन् । 

शनिबार बसेको सर्वदलीय बैठमा पुरुषका लागि दौरासुरुवाल कोट, सुट पाइन्ट वा जातीय पहिचान झल्किने पोशाक निर्धारण गरिएको थियो भने महिलाका लागि साडी चोलो, सुट पाइन्ट वा जातीय पहिचान झल्किने पोशाक निर्धारण गरिएको थियो । 

प्रदेश नं ४ मा प्रमुख दल नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना छन् । 

सुरक्षाका लागि बैठकस्थल प्रवेश गर्नुअघि मूल प्रवेशद्वारमै प्रदेशसभा सदस्यको जाँच गरिएको थियो । 

उक्त बैठकको नेपाल टेलिभजनलगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । सञ्चारकर्मीका लागि पास वितरण व्यवस्थित नहुँदा बैठकको प्रारम्भमा प्रवेशमा केही असहजता देखिएको थियो । 

माथिको आदेश भन्दै गरिएको सुरक्षा जाँचमा प्रदेशसभा सदस्यले आफ्नो पहिचान खुल्ने नागरिकता वा अन्य परिचयपत्र देखाएर बैठकस्थल प्रवेश गरेको थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह