2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको ऐतिहासिक मदार बाबा मेला आजबाट सुरु

श्याम थापा/माघ २२, सुस्ता । नवलपरासी जिल्लाको ऐतिहासिक धार्मीक स्थल एवम हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदार बाबाको मेला आज बाट सुरु भएको छ । 

लामो समय देखी लाग्दै आएको हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलामा अत्याधिक भिडभाड हुने मदरबाबा मेला ब्यवस्थापन समितीका संयोजक तथा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले बिश्वास लिएका छन । 

मदारबाबा मेलामा नेपालको बिभिन्न जिल्लाहरु र भारत उत्तरप्रदेश राज्य र बिहार राज्य प्रदेशको बिभिन्न जिल्लाहरुबाट करिश ५ लाख तिर्थालुहरुको उपस्थिती हुने सुस्ता गाउँपालिका अध्यक्ष एवम मेला ब्यवस्थापन समितीका संयोजक पाण्डेले बताउनु भएको छ । 

मेलामा तल र माथी गरि करिब २ हजार ५ सय पसलहरु रहेको र मेला माघको २२ गते देखी फाल्गुन १ गते सम्म लाग्ने आयोजकले जनाएको छ । मदार बाबा मेलामा माथी डाडाँमा रहेको मजारको दर्शन गर्दा बिभिन्न मनोकामना पुरा हुने र आफ्नो शरिरमा रहेको रोगहरु सबै निको हुने र सन्तान नभएकाहरुको सन्तान हुने धार्मीक आस्था रहेको मेलामा आउने तिर्थालुहरुले बताउने गरेका छन । 

मदरबाबा मेलामा अत्याधिक चाप बढने भएको कारणले तथा मेलाको दर्शन गर्न आउने तिर्थालुहरुलाई सुरक्षाको अन्भुत गराउनको लागी मेला ब्यवस्थापन समितीले नेपाल प्रहरी ६० जना,सशस्त्र प्रहरी बलको २५ जना र स्थानिय स्यवम सेवक २० जना गरि मदार बाबा मेलामा सुरक्षाका लागी परिचालन गरिएको र मेलामा सुरक्षा एकदमै टोलीहरुले राम्रो संग सहयोग गरिरहेको पनि कुतबुल मदारशाह जर्घा कमिटीका सचिव अजमुदिन अन्सारीले जानकारी गराउनु भएको छ । 

मदरबाबा मेलालाई थप ब्यवस्थापन गर्नका लागी सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको सयोजकतामा २१ सदस्यि मुल समिती गठन गरिएको छ । 

त्यस्तै मदारबाबा मेलाको प्रचार प्रसारका लागी नेपाल पत्रकार माहा संघ जिल्ला कार्यसमिती नवलपरासीका जिल्ला कार्यसमितीका सदस्य एवम पत्रकार श्याम बुचा मगरको सयोजकतामा ३ सदस्य समिती गठन भएको छ भने खानेपानी सरसफाई ब्यवस्थापनका लागी वडा न.२ का वडा सदस्य कुन्ती मुखियाको अध्यक्षतामा ५ सदसिय समिती गठन गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो