२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गाडीको ठक्करबाट नेविसंघ नेताको मृत्यु भएपछि पोखरामा विरोध प्रदर्शन

२०७४, २३ माघ मंगलवार ०५:५८

२३ माघ, पोखरा । पोखरामा गाडीको ठक्करबाट नेविसंघका एक कार्यकर्ताको मृत्यु भएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अहिले पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनावग्रस्त छ ।

क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच झडप जारी छ । प्रहरीले कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।


सोमबार साँझ ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएको थियो । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ वर्षीय ढकाल नेपाल विद्यार्थी संघ स्याङ्जा-पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष हुन् ।

नेविसंघका नेता विधान लामिछानेले भने, ‘वोधराज जी कोठामा जाँदै गर्दा माइक्रो बसले ठक्कर दिएर मार्‍यो । अहिले स्थिति तनावग्रस्त छ ।’

तत्काल गण्डकी मेडिकल कलेजमा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि ढकाललाई मणिपाल अस्पताल लगिएको थियो । उनको त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकले जानीजानी किचेर मारेको पीडित पक्षको आरोप छ । तर पीडक पक्षले भने त्यसको खण्डन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन