८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईसीसी विश्व क्रिकेट लिगमा नेपालद्वारा नामिबिया पराजित, सन्दीप एक्लैले ४ विकेट लिए

२५ माघ २०७४, बिहीबार १९:२९

माघ २६, काठमाडौं । नामिबियाबिरुद्धको खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै आईसीसी विश्व क्रिकेट लिगमा सुन्दर सुरुवात गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोली नामेवियालाई एक विकेटकोले पराजित गरेको हो । जितका लागि नेपालका सन्दिप लामिछाने एक्लैले ४ विकेट लिए । 

१३९ रनको लक्ष्य पछ्याएको नेपालले सुरुमा निकै खराब खेल खेलेको थियो । नेपाली टिमले खेलमा खाता खोल्न नपाउँदै ओपनर दिलिप नाथ आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३२ रनको साझेदारी गर्दै कप्तान पारस खड्का व्यक्तिगत १९ रनमा आउट भए ।

लगतै आरिफ शेख शुन्यमै आउट भए । पाँचौं नम्बरमा शरद भेषावकर आए तर, लगतै ज्ञानेन्द्र व्यक्तगत १५ रनमा आउट हुन पुगे । दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट हुँदा करण केसीले ३ रन मात्र जोडे । डेब्यू ब्वाइ रोहितकुमार पौडेलले शरदलाई साथ दिने प्रयास गरे र सातौं विकेटका लागि ३७ रनको साझेदारी गरे ।

शरद व्यक्तिगत २९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९७ रन थियो । थप ११ रन जोड्दा रोहित पनि आउट भए । १७ रन बनाएका उनी एलबीडब्लू धरापमा परेका थिए । त्यसपछि बसन्त रेग्मी र सोमपाल कामीले पारी सम्हाल्ने प्रयास गरे । तर, नवौं विकेटका लागि १७ रनको सझेदारी गरेका सोमपाल ४७ औं ओभरमा बोल्ड हुन पुगे, जतिबेला नेपाललाई २० बलमा १८ रन चाहिएको थियो ।

४८ ओभरमा नेपालले २ रन मात्र जोड्यो भने अर्को ओभरमा बसन्तले छक्का हान्दै जित तर्फ डोहोर्याए । अब अन्तिम ६ बलमा ७ रन चाहियो । पहिलो बलमा २ रन लिएको नेपालका लागि दोस्रो बलमा बसन्तले चौका हाने । तेस्रो बल फ्राइलिंकले वाइड फालेपछि नेपालले  ३ बल खेल्नु अघि नै रोमाञ्चक जित निकाल्यो ।

सन्दिप एक्लैले लिए ४ विकेट 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नामेविया ३४.२ ओभरमा १३८ रन बनाउदै अलआउट भएको थियेा । उसका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । ग्रिन र जान फ्राइलिंकले समान २२ रन जोडे ।

नामिबियालाई पराजित गर्ने क्रममा नेपालका हुनहार बलर सन्दिप लामिछाने एक्लैले चार विकेट लिइदिए । ८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै जम्मा १८ रन दिएका थिए । सन्दिपपछी  सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १-१ विकेट लिएका थिए । खेलमा सन्दिप म्यान अफ दि म्याच बने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता