२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईसीसी विश्व क्रिकेट लिगमा नेपालद्वारा नामिबिया पराजित, सन्दीप एक्लैले ४ विकेट लिए

२०७४, २५ माघ बिहीबार १९:२९

माघ २६, काठमाडौं । नामिबियाबिरुद्धको खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै आईसीसी विश्व क्रिकेट लिगमा सुन्दर सुरुवात गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोली नामेवियालाई एक विकेटकोले पराजित गरेको हो । जितका लागि नेपालका सन्दिप लामिछाने एक्लैले ४ विकेट लिए । 

१३९ रनको लक्ष्य पछ्याएको नेपालले सुरुमा निकै खराब खेल खेलेको थियो । नेपाली टिमले खेलमा खाता खोल्न नपाउँदै ओपनर दिलिप नाथ आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३२ रनको साझेदारी गर्दै कप्तान पारस खड्का व्यक्तिगत १९ रनमा आउट भए ।

लगतै आरिफ शेख शुन्यमै आउट भए । पाँचौं नम्बरमा शरद भेषावकर आए तर, लगतै ज्ञानेन्द्र व्यक्तगत १५ रनमा आउट हुन पुगे । दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट हुँदा करण केसीले ३ रन मात्र जोडे । डेब्यू ब्वाइ रोहितकुमार पौडेलले शरदलाई साथ दिने प्रयास गरे र सातौं विकेटका लागि ३७ रनको साझेदारी गरे ।

शरद व्यक्तिगत २९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९७ रन थियो । थप ११ रन जोड्दा रोहित पनि आउट भए । १७ रन बनाएका उनी एलबीडब्लू धरापमा परेका थिए । त्यसपछि बसन्त रेग्मी र सोमपाल कामीले पारी सम्हाल्ने प्रयास गरे । तर, नवौं विकेटका लागि १७ रनको सझेदारी गरेका सोमपाल ४७ औं ओभरमा बोल्ड हुन पुगे, जतिबेला नेपाललाई २० बलमा १८ रन चाहिएको थियो ।

४८ ओभरमा नेपालले २ रन मात्र जोड्यो भने अर्को ओभरमा बसन्तले छक्का हान्दै जित तर्फ डोहोर्याए । अब अन्तिम ६ बलमा ७ रन चाहियो । पहिलो बलमा २ रन लिएको नेपालका लागि दोस्रो बलमा बसन्तले चौका हाने । तेस्रो बल फ्राइलिंकले वाइड फालेपछि नेपालले  ३ बल खेल्नु अघि नै रोमाञ्चक जित निकाल्यो ।

सन्दिप एक्लैले लिए ४ विकेट 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नामेविया ३४.२ ओभरमा १३८ रन बनाउदै अलआउट भएको थियेा । उसका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । ग्रिन र जान फ्राइलिंकले समान २२ रन जोडे ।

नामिबियालाई पराजित गर्ने क्रममा नेपालका हुनहार बलर सन्दिप लामिछाने एक्लैले चार विकेट लिइदिए । ८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै जम्मा १८ रन दिएका थिए । सन्दिपपछी  सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १-१ विकेट लिएका थिए । खेलमा सन्दिप म्यान अफ दि म्याच बने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना