२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

काँग्रेस बैतडीको उप–सभापतिमा चन्द मनोनीत

२०७४, २६ माघ शुक्रबार ०३:३३

माघ २६, बैतडी । नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत हुनुभएको छ । 

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । 

नेपाली काँग्रेसको विधान–२०१७ (संशोधनसहित) को दफा १० को २ क (३) बमोजिम जिल्ला कर्यसमितिका पदाधिकारीमा निर्वाचित कार्यसमिति सदस्य/महासमिति सदस्य/महाधिवेशन प्रतिनिधिमध्येबाट पदाधिकारी मनोनयन हुने व्यवस्था रहेको छ । 

नेपाली काँग्रेस बैतडीको १३ औँ जिल्ला अधिवेशन सम्पन्न भएको दुई वर्षसम्म पनि पूर्ण हुन नसकेको अवस्था तथा बैतडीमा नेपाली काँग्रेसको संगठनलाई सुदृढ गर्ने उद्देश्यले चन्दलाई उप–सभापतिमा मनोनीत गरिएको सभापति थापाले बताउनुभयो । 

उप–सभापतिमा मनोनीत चन्द यसअघि नेपाली काँग्रेसका महासमिति सदस्य हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा