Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

ठेकेदारको लापरबाहीले साप्सु खोला मोटरेबल पुल निर्माणकार्य सुस्त

२०७४, २७ माघ शनिबार ०३:४०

चिसाङ शेर्पा/माघ २७, खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणको काम सुस्त देखिएको छ । 

छोटो दुरीमा तराई झर्ने दिक्तेल–गाईघाट सडकखण्ड अन्र्तगतको साप्सु खोलाको मोटरेबल पुल निर्माणको काममा ढिलापन देखिएको हो ।

कान्छाराम कन्ट्रक्सन÷देव एण्ड सायर जभीले ७ करोड ४० लाखको लागतमा २०७० साल बैशाखमा सम्झौता भएर ०७३ साल बैशाखमा सक्ने सम्झौता भएतापनि हालसम्म  पुलको फर्माका काम सकाएर बिम ढलानका लागी डण्डी बाँध्ने काम मात्र भइरहेको छ । 


सम्झौता अवधिमा साप्सु पुल निर्माण नभएपछि  पुनः एकबर्षका लागि दोश्रोपल्ट थप भएको म्याद पनि गत बैशाख महिनामै गुज्रिएको छ । म्याद थपेको समय सकिएर आठ महिना बितिसक्दा समेत पुल निर्माणले गति लिन नसकेको स्थानीयवासीको गुनासो छ । 

पुल निर्माणको काममा ठेकेदार कान्छाराम कन्ट्रक्सन÷देव एण्ड सायर जभीको चरम ढिलासुस्ती र लापारबाही देखिएको स्थानीयको गुनासो छ । समयमा पुल निर्माण नहुँदा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

हिउँदमा उक्त सडक सञ्चालन भए पनि पुलकै कारण गाडी नदीभित्रैबाट र मोटरबाईक झोलुङगे पुलबाट तार्नुपर्ने बाध्यता छ ।

हाल पुलको फर्माको काम सकेर बिम ढलानका लागि डण्डी बाँध्ने काम भइरहेको कान्छाराम कन्ट्रक्सन/देव एण्ड सायर जेभीका प्रतिनिधि कर्ण खत्रीले बताए । 

पुल निर्माणमा ढिलासुस्ती गरेकामा गतवर्ष १४ लाख पेनाल्टी तिरेको ठेकेदारले यसपल्ट पनि लाखौं पेनाल्टी तिर्दैछ । 

पहिलो पटक थपेको म्याद सकिसक्दा समेत पुल निर्माणको कामले गति नलिदा दोस्रो पटक म्याद थप्नुपर्ने देखिएको छ । तोकिएको मितिमा पुल निर्माणको काम नहुँदा जिल्लामा ठेकेदारको चर्को आलोचना भइरहेको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी