२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार: एक अर्ब ५५ करोडको कारोबार

२०७४, २७ माघ शनिबार १२:०८

माघ २७, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो । गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजारमा खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९ दशमलव ४८ अंकले घटेर अन्तिम दिन एक हजार ३९१ दशमलव ०३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ९४ अंकले घटेर २९४ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १६ करोड ४७ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो । कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको चार लाख ६१ हजार कित्ता शेयर कारोबार भएको हो । 

यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

यस साता बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ बोनस शेयर, आइएसडिसी लघुवित्तको २३ लाख कित्ता हकप्रद र छिमेक लघुवित्त वित्तीय संस्थाको १६ लाख ५९ हजार २९३ कित्ता बोनस शेयर सूचीकृत भएका छन् । 

यस्तै आइसिएफसी फाइनान्स कम्पनीको आठ लाख तीन हजार ८८५ कित्ता, सोल्टी होटलको ८६ लाख ८८ हजार २४४ कित्ता र स्वदेशी लघुवित्त संस्थाको एक लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको स्टकले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै