२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: बिना ईजाजतका सवारी साधनलाई कारवाही गर्न माग

२७ माघ २०७४, शनिबार १३:०३

चिसाङ शेर्पा/माघ २७, खोटाङ । जिल्लामा अनाधिकृत रुपमा सञ्चालन भईरहेकोे सवारीसाधनलाई नियमबद्ध बनाईनुपर्ने खोटाङ यातायात ब्यवसायी संघले माग गरेको छ । 

संघले विभिन्न जिल्लाबाट भित्रिएर खोटाङमा लापारबाही, अब्यवस्थित र अस्वस्थ्य प्रर्तिस्पर्धा गरीरहेका सवारी साधनलाई तत्काल निगरानी गरी जिल्लामा रुट परमिट, संघ तथा प्रालीको ईजाजत भए÷नभएको टुंगो लगाएर मात्रै सञ्चालन अनुमती दिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिएको छ ।


विना ईजाजत भित्रभित्रै सेटिङ मिलाउँदै समय निर्धारण नगरी जथाभावी सवारी चलाएको गुनासो आएपछि यातायात व्यवसायी संघले यातायातलाई व्यवस्थित र भरपर्दो बनाउन बुधबार प्रशासनलाई ध्यानाकर्षण गराएको हो । 

कुनैपनि यातायात ब्यवसायीले स्थानिय संस्थासँग समन्यव गरी चल्नुपर्नेमा खोटाङ यातायात ब्यवसायीसंघ बाहेक अन्य आधिकारी भए नभएको खुलेको छैन । 

जिल्लामा ब्यक्तिगत सवारी साधनहरु विभिन्न संघ तथा प्रालीको नाममा ब्यानर टाँसेर जथाभावी चलिरहेको अवस्थामा पाईयो खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठ स्याण्डेले भन्नुभयो । 

त्यस्ता सवारी साधनले आधिकारीक बाटो ईजाजतपत्र लिएको छ÷छैन, राज्यलाई कर तिरेका छन्÷छैनन्, भैपरी आउने घट्नाहरुको जिम्मा लिन्छन्÷लिन्नन् हामी अनविज्ञ छौ । उनले भने, गाडीवालसँग आधिकारीक कागजपत्र छन÷छैनन् छानविन हुनु जरुरी छ ।


हालका लागि जनपथ प्रहरी र ट्राफिक प्रहरी खटाएर बुलुबुक, रुट परमिटको चेकजाच गर्ने काम भईरहेको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताउनुभयो । संघको आधिकारीक पत्र हामीसँग आएको छ । उनले भने दिक्तेलबजारस्थित रत्नपार्कमा अनाधिकृत रुपमा सञ्चालन भएका गाडीहरु धमाधम चेकिङ र कारवाही गर्ने काम भईरहेको छ । 

२०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरबाट आईचर ट्रक झुण्डाएर ल्याईएसँगै खोटाङमा शुरु भएको यातायात गत मंसिर ८ गते जयरामघाटको पक्की पुल खुलेपछी जिल्लामा सवारी साधनको संख्यामा बृद्धि भएको छ । 


२०६६ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको स्थानिय संस्था खोटाङ यातायात ब्यवसायी संघको मातहतमा हाल साना जिप ४०, यात्रुबहाक ठुला गाडी ४०, ट्रक १०, ट्याक्टर ६० वटा सञ्चालनमा छ ।

 माथिको तस्बिरमा विना ईजाजत चलेका जिपहरु । तस्विर: चिसाङ शेर्पा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य