2026-08-26 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: बिना ईजाजतका सवारी साधनलाई कारवाही गर्न माग

चिसाङ शेर्पा/माघ २७, खोटाङ । जिल्लामा अनाधिकृत रुपमा सञ्चालन भईरहेकोे सवारीसाधनलाई नियमबद्ध बनाईनुपर्ने खोटाङ यातायात ब्यवसायी संघले माग गरेको छ । 

संघले विभिन्न जिल्लाबाट भित्रिएर खोटाङमा लापारबाही, अब्यवस्थित र अस्वस्थ्य प्रर्तिस्पर्धा गरीरहेका सवारी साधनलाई तत्काल निगरानी गरी जिल्लामा रुट परमिट, संघ तथा प्रालीको ईजाजत भए÷नभएको टुंगो लगाएर मात्रै सञ्चालन अनुमती दिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिएको छ ।

विना ईजाजत भित्रभित्रै सेटिङ मिलाउँदै समय निर्धारण नगरी जथाभावी सवारी चलाएको गुनासो आएपछि यातायात व्यवसायी संघले यातायातलाई व्यवस्थित र भरपर्दो बनाउन बुधबार प्रशासनलाई ध्यानाकर्षण गराएको हो । 

कुनैपनि यातायात ब्यवसायीले स्थानिय संस्थासँग समन्यव गरी चल्नुपर्नेमा खोटाङ यातायात ब्यवसायीसंघ बाहेक अन्य आधिकारी भए नभएको खुलेको छैन । 

जिल्लामा ब्यक्तिगत सवारी साधनहरु विभिन्न संघ तथा प्रालीको नाममा ब्यानर टाँसेर जथाभावी चलिरहेको अवस्थामा पाईयो खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठ स्याण्डेले भन्नुभयो । 

त्यस्ता सवारी साधनले आधिकारीक बाटो ईजाजतपत्र लिएको छ÷छैन, राज्यलाई कर तिरेका छन्÷छैनन्, भैपरी आउने घट्नाहरुको जिम्मा लिन्छन्÷लिन्नन् हामी अनविज्ञ छौ । उनले भने, गाडीवालसँग आधिकारीक कागजपत्र छन÷छैनन् छानविन हुनु जरुरी छ ।

हालका लागि जनपथ प्रहरी र ट्राफिक प्रहरी खटाएर बुलुबुक, रुट परमिटको चेकजाच गर्ने काम भईरहेको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताउनुभयो । संघको आधिकारीक पत्र हामीसँग आएको छ । उनले भने दिक्तेलबजारस्थित रत्नपार्कमा अनाधिकृत रुपमा सञ्चालन भएका गाडीहरु धमाधम चेकिङ र कारवाही गर्ने काम भईरहेको छ । 

२०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरबाट आईचर ट्रक झुण्डाएर ल्याईएसँगै खोटाङमा शुरु भएको यातायात गत मंसिर ८ गते जयरामघाटको पक्की पुल खुलेपछी जिल्लामा सवारी साधनको संख्यामा बृद्धि भएको छ । 

२०६६ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको स्थानिय संस्था खोटाङ यातायात ब्यवसायी संघको मातहतमा हाल साना जिप ४०, यात्रुबहाक ठुला गाडी ४०, ट्रक १०, ट्याक्टर ६० वटा सञ्चालनमा छ ।

 माथिको तस्बिरमा विना ईजाजत चलेका जिपहरु । तस्विर: चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित