१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

प्रदेश ३ को उपसभामुखमा तामाङ निर्विरोध

२८ माघ २०७४, आईतवार ०८:१६

माघ २८, हेटौँडा | प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ । 

उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गर्नुभएको थियो । 

नुवाकोट १ (क)बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ का हुनुहुन्छ । पार्टीका केन्द्रीय सदस्य एवं पूर्व कृषि राज्यमन्त्री तामाङ सशस्त्र युद्धकालका बेला नुवाकोट जनसरकार प्रमुख हुनुहुन्थ्यो । 

यसैबीच आज अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकपूर्व निर्विरोध निर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई संसद् सचिवालयमा शपथ गराइने प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले बताउनुभयो । प्रदेश नं ३, प्रदेशसभामा कूल ११० सदस्य हुनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह