२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संसदीय दलको नेतामा गुरुङ सर्वसम्मत निर्वाचित

२०७४, २८ माघ आईतवार १२:३१

माघ २८, पोखरा | प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित बन्नुभएको छ । 

संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङ र पार्टीको प्रदेश नं ४ का संयोजक किरण गुरुङ इच्छुक देखिएपछि सर्वसम्मतिका लागि पहल गरिएको थियो । 

सर्वसम्मति गर्न आज शान्ति वनबाटिकास्थित नेकपा (एमाले)को जिल्ला कार्यालयमा पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, प्रतिनिधिसभा सदस्यहरू रवीन्द्र अधिकारी, खगराज अधिकारीलगायत नेतासहित प्रदेशसभा सदस्य सहभागी बैठकले पृथ्वीसुब्बालाई सर्वसम्मत गरेको हो । 

संसदीय दलको नेतामा सर्वसम्मत भएपछि नेता गुरुङले पार्टीका नेताको सहजता एवं प्रदेश नं ४ का संयोजक प्रदेशसभा सांसद किरण गुरुङको प्रस्तावमा आफू सर्वसम्मत निर्वाचित भएको बताउनुभयो । 

वाम गठबन्धनको अर्को दलले पनि संसदीय दलको नेता चुनिसकेको बताउँदै उहाँले दुवै दलको संसदीय दलको नेता चुनिएको कुरा प्रदेश प्रमुखलाई जानकारी गराउँदै हाम्रो बहुमत संख्या छ भनी मुख्यमन्त्रीको दाबी गर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य किरण गुरुङले पार्टीको बृहत् एकता र यो प्रदेशको संयोजक एवं अभिभावकको हैसियले आफ्नै पहलमा सर्वसम्मत गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार