१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संसदीय दलको नेतामा गुरुङ सर्वसम्मत निर्वाचित

२८ माघ २०७४, आईतवार १२:३१

माघ २८, पोखरा | प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित बन्नुभएको छ । 

संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङ र पार्टीको प्रदेश नं ४ का संयोजक किरण गुरुङ इच्छुक देखिएपछि सर्वसम्मतिका लागि पहल गरिएको थियो । 

सर्वसम्मति गर्न आज शान्ति वनबाटिकास्थित नेकपा (एमाले)को जिल्ला कार्यालयमा पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, प्रतिनिधिसभा सदस्यहरू रवीन्द्र अधिकारी, खगराज अधिकारीलगायत नेतासहित प्रदेशसभा सदस्य सहभागी बैठकले पृथ्वीसुब्बालाई सर्वसम्मत गरेको हो । 

संसदीय दलको नेतामा सर्वसम्मत भएपछि नेता गुरुङले पार्टीका नेताको सहजता एवं प्रदेश नं ४ का संयोजक प्रदेशसभा सांसद किरण गुरुङको प्रस्तावमा आफू सर्वसम्मत निर्वाचित भएको बताउनुभयो । 

वाम गठबन्धनको अर्को दलले पनि संसदीय दलको नेता चुनिसकेको बताउँदै उहाँले दुवै दलको संसदीय दलको नेता चुनिएको कुरा प्रदेश प्रमुखलाई जानकारी गराउँदै हाम्रो बहुमत संख्या छ भनी मुख्यमन्त्रीको दाबी गर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य किरण गुरुङले पार्टीको बृहत् एकता र यो प्रदेशको संयोजक एवं अभिभावकको हैसियले आफ्नै पहलमा सर्वसम्मत गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह