२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

२०७४, २९ माघ सोमबार ०६:४१

माघ २९, मेलम्ची । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । 

तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । 

भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो । नेपाली र चिनियाँ नागरिकको मिलेमतोमा नेपाल हुँदै तेस्रो मुलुकमा अवैध सुन ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रायः तस्करले तरकारीको बोरा, गाडीको टायर तथा भरिया प्रयोग गरेर सुन तस्करी गर्ने गरेका छन् । 

सँधै सुन बोक्ने भरिया मात्र पक्राउ पर्ने गरेका छन् । सुन तस्करको गिरोह उम्कने गरेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय चौताराको तथ्याङ्कअनुसार २०६९ साल पुस १ गते बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल तातोपानीले तीन किलोग्राम सुन बरामद गरेको थियो । 

सीमा प्रहरी चौकी कोदारी, इलाका प्रहरी कार्यालय बाह्रबिसे तथा सशस्त्र प्रहरी बलले २०७० सालमा मात्रै लुकाई–छिपाई काठमाडाँै लैजाँदै गर्दा तातोपानी तथा बाह्रबिसे क्षेत्रबाट ३२ किलोग्राम पाँच तोला ६४ लाल सुनसहित १० जनालाई पक्राउ गरेको थियो । 

पछिल्लो छ वर्षमध्ये २०७१ सालमा सबैभन्दा बढी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । विसं २०७१ मा प्रहरीले ६५ किलोग्राम छ तोला २९ लालसहित ११ जनालाई पक्राउ गरेको थियो । 

विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भयने । लामो समय यातायातसमेत सञ्चालनमा नआएकाले उक्त क्षेत्र सुनसान बन्यो । तातोपानी नाका बन्द भएपछि सुन तस्करको बाटो परिवर्तन गरेका छन् । 

तातोपानी नाका बन्द भएसँगै तस्करले वैकल्पिक बाटो रोजेका हुन् । अहिले तस्करले रसुवागढी नाकाबाट सुन तस्करी गर्न थालेका छन् । भूकम्पका कारण नाका बन्द भएपछि तातोपानीमा चहलपहल निकै कम भएको छ । 

प्रहरीका अनुसार २०७३ वैशाख १७ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डे नेतृत्वको टोलीले बा९च १४६३ नंको फोर्ड गाडीबाट ल्याउँदै गरेको अवस्थामा बाह्रबिसे बजारमै १८ किलोग्राम सुन बरामद गरेको थियो । 

प्रहरीले सुन ल्याउँदै गरेका तातोपानी–३ का साङ्बो शेर्पा र निङ्नर शेर्पा तथा मेलम्ची–८ की विमला थापालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनाले भूकम्पअघि नै लुकाएर राखेको सुन विभिन्न कारणले ल्याउन नसकेको र सुन राखेको घरधनीले आत्महत्या गरेपछि लैजाने प्रयास गरेको बयान दिएका भए पनि उक्त बयान बनावटी भएको प्रहरीको भनाइ छ । 

खासाबाट कति सुन अवैध रुपमा काठमाडौँ भित्रियो भन्ने यकिन तथ्यांक प्रहरीसँग छैन । नेपाली बजारमा सुन ल्याउँदा नेपाल राष्ट्र बैंकमार्फत मासिक १५ किलोग्राम मात्र ल्याउन पाउने प्रावधान छ । 

नेपाली बजारमा सुनको मागलाई वैधानिकताले नथेगेकाले तस्करी बढेको हो र तातोपानी नाकाबाट सुन वैध रुपमा ल्याउन नपाइने भएकाले पनि व्यवसायीले तस्करी गर्ने गरेको हुनसक्ने प्रहरीको भनाइ छ । 

अहिले चीनसँगको सीमा तातोपानीको लिपिङसम्म सडक पुगेको छ । नेपालकातर्फबाट तातोपानी नाका खोल्नका लागि पटक पटक अनुरोध गरिँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु