2026-09-14 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘शाखा रहित बैङिकङ सेवा’ उद्घाटन समारोह घर्तीगाउँमा सम्पन्न

मनिषा राई/माघ २९, रोल्पा । ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाद्धारा ‘शाखा रहित बैङिकङ सेवा’ उद्घाटन समारोह माडी गाउँपालिका २ घर्तीगाउमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा माडी गाउँपालिका प्रमुख नन्द बहादुर पुनमगर आनन्दले कार्यक्रमलाई सम्बोधन गर्दै शाखा रहित बैङिकङ सेवाले मात्र पश्चिम रोल्पाका स्थानियहरुलाई अपुग हुने भएकाले ग्लोवल बैंकको शाखा नै बिस्तार गर्नुपर्ने बताउनुभयो ।

उहाले पश्चिम रोल्पाका स्थानियहरु बैंक सम्बन्धि सानो कारोबारको लागि पनि समय र पैसा खर्च गरेर सदरमुकाम सम्म जानुपर्नै र सदरमुकाममा गएर पनि समयमै काम सम्पन्न नहुने हुदा थप समस्या हुने भएकाले घर्तीगाउ रोल्पामा शाखा रहितबाट एक्सटेन्सन काउन्टर नै भएपछि पश्चिम रोल्पालीहरुले राहत पाउने बताउनुभयो ।

साथै उहाले आयोजकलाई तत्काल शाखा बिस्तार गर्न आग्रह गर्दै अन्यथा अन्य बैंकको शाखा ल्याउन सकिने जानकारी दिनुभयो । उहाले जनताको समस्यालाई मध्यनजर राख्दै तत्कालै शाखा बिस्तार गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि ग्लोवल आइएमई बैंक लिमिटेड प्रधान कार्यलयका प्रबिण बिक्रम शाहिले ‘‘शाखा रहित बैङिकङ सेवा’’ ले जनताको घरदैलोमै सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । 

साथै उहाले गाउघरका जनताहरुलाई बैंकमा पैसा राख्दा सुरक्षित हुने बताउदै सदरमुकाम लिवाङको तुलनामा २ प्रतिशत बढि व्याजमा रकम संकलन गर्न पाउने भएकाले पनि बचत गर्ने बानीको बिकास गर्न समेत आग्रह गर्नुभयो । 

उहाले ‘‘शाखा रहित बैङिकङ सेवा’’ लाई सहयोग गर्न आग्रह गर्दै छिट्टै नै शाखाबाट सेवा दिने समेत जानकारी दिनुभयो । उहाले यसको लागि केन्द्रिय कार्यलयमा समेत कुरा उठाउने प्रतिवद्धता गर्नुभयो ।

ग्लोवल आइएमई बैंक लिमिटेड माडी गाउपालिका रोल्पाका आधिकारिक प्रतिनिधि कमल घर्तीमगरको अध्यक्षतामा सन्चालन कार्यक्रममा माडी गाउपालिका उपाध्यक्ष धनिकला बुढामगर, माडी गाउपालिका २ का वडाअध्यक्ष ललित घर्तीमगर, नेकपा माओबादी केन्द्र माडी गाउपालिका उपाध्यक्ष हरिसरा घर्तीमगर, कर्मचारीहरुको तर्फबाट नापी कार्यलय माडी गाउपालिका प्रमुख भक्तिराज भट्ट, शिक्षक महासंघ माडी गाउपालिका अध्यक्ष यज्ञ बहादुर डागी, नेपाल लेखापढि कानुन व्यवसाय एशोसियशन माडी गाउपालिका अध्यक्ष शेर बहादुर बुढामगर, बिजय लघुबित्त शाखा कार्यलय माडी गाउपालिका प्रमुख कुम बहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाका प्रबन्धक प्रबिण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाका बिनोद डागीले गर्नुभएको थियो ।

सम्पुर्ण अतिथिहरुलाई खादा र अविर ल्यापन गरी स्वागत गरीएको कार्यक्रममा नेकपा माओबादी केन्द्र माडी गाउपालिका सचिव बिजय घर्तीमगर, इलाका प्रहरी कार्यलय माडी २ घर्तीगाउ रोल्पाका इन्चार्ज तिलक प्रसाद कलौनी, मालपोट कार्यलय माडी गाउपालिका प्रमुख रुद्र वली, कृषि बिकास कार्यलय माडी गाउपालिका प्रमुख राजकुमार यादव, स्वास्थ चौकि घर्तीगाउ रोल्पाका प्रमुख कृष्ण प्रसाद आचार्य, हातेमालो कृषि सहकारी संस्था माडी गाउपालिका व्यवस्थापक बन्दना घर्तीमगर, नेपाल रेडक्रस सोसाइटी माडी गाउपालिका रोल्पाका जयकली बुढामगर, बजार व्यवस्थापन समितिका भुपु अध्यक्ष रण बहादुर घर्ती लगायतको आतिथ्यता रहेको थियो ।

दिप प्रज्वलनको साथमा उद्घाटन गरीएको कार्यक्रममा प्रमाणपत्र समेत हष्तान्तरण गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ