२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विमान दुर्घटना आतंककारी आक्रमणबाट होइन, मानवीय या प्राविधिक त्रुटिबाट’

२९ माघ २०७४, सोमबार १०:५७

माघ २९, रसिया । मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि उडेर दुर्घटनामा परेको विमानका भग्नावशेष अहिले खोजी भइरहेको छ । 

मस्कोको बाहिरी भेगमा अवस्थित हिमपात क्षेत्रमा रुसको आपतकालीन 

उद्धारकर्ताहरुले खोजी गरिरेहको अधिकारीहरुले बताइएका छन् । सो विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो । 


उक्त विमान सवार रहेका छ चालक दलका सदस्य ७१ व्यक्तिको मृत्यु भएको थियो । विमान उडेको केही समयमा नै भएको यस दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु पुष्टि भएको छ । 

विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि उडेको थियो । 

यस विमान दुर्घटना सम्बन्धी गठन भएको अनुसन्धान कमिटिले यो मानवीय गल्ती या प्राविधिक कठिनाई र मौसमको अवस्थाको कारण भएको हुनुपर्ने प्रारम्भिक अनुसन्धानमा बताएको छ । 

यसै हप्ता सो क्षेत्रमा भारी हिमपात भएकाले दुर्घटनाको कारण हिमपात नै भएको अनुमान पनि कमिटिको रहेको छ । तर आतङ्ककारी आक्रमणको भने कुनै सम्भावना नरहेको सो कमिटिको दाबी रहेको छ । 

एन्टोजोभ एन –१४८ विमान मस्को बाहिरी इलाकामा रहेको रमेनस्काई जिल्लामा खसेको थियो । सो दुर्घटना राजधाानीमा अवस्थित विमानस्थल डोमोडेडोभोबाट स्थानीय समयाअनुसार आइतबार अपराह्न २ः४८ मा विमान उडेको केही समयमा नै सो घटना भएको थियो । 

सो दुर्घटनामा परी ६५ जनायात्रु र ६ जना चालक दलका सदस्य मारिएका रुसको यातायात अनुसन्धान विभागले जानकारी दिएको छ । यस दुर्घटनामा परी तीन बालबालिका पनि मारिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान