२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

१ फाल्गुन २०७४, मंगलवार ०६:१२

फागुन १, हुम्ला | कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ । 

हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ । लामो तथा छोटो दूरीका गाडी ठप्प छन् भने हवाई यातायात पनि बन्द भएको छ । 

हिजो विहान २ बजेदेखि हिमपात शुरु भएको र आज शिवरात्रि परेकाले सरकारी तथा गैरसरकारी निकायद्वारा प्रवाह गरिने सेवाबाट सेवाग्राहीलाई मर्का नपर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । 

प्रजिअ पौडेलका अनुसार सदरमुकाम जुम्ला खलंगामा आधा फिट हिउँ परेको छ । हिमपातले बेँसीमा भन्दा उच्च भेकका बासिन्दाको जनजीवन बढी कष्टकर भएको उहाँको भनाइ छ । उहाँले आज परेको हिन्दूहरुको पर्व शिवरात्रि भने जुम्लामा हिमपातमय हुने जनाउनुभयो । यता हावापानी फिल्ड कार्यालय, जुम्लाले आज बिहानको तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेड रहेको जनाएको छ । 

लामो समयदेखि हिउँ नपर्दा भोकमरी हुने कुराले चिन्तित किसानलाई भने यो पटकको हिमपातले राहत पुग्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो हिउँले नयाँ स्याउ रोप्न र हिउँपोखरी निर्माण गर्न किसानलाई सहयोग पुग्नेछ । सिँचाइ कम भएको जग्गा र स्याउका लागि आवश्यक न्यूनतम तापक्रम पुगेको छ । 

हिमपात भएपछि अब सहकाल लाग्ने स्थानीय वीरबहादुर सिंहले बताउनुभयो । हाम्रा पालामा पर्ने जतिको हिउँ अहिले परेको देखिँदैन, विस्तारै खडेरी बढ्न थालेको छ, खोलानाला सुक्दै गएका छन्, उहाँले भन्नुभयो । उहाँका अनुसार हिउँ पर्नुलाई कष्टकर जीवन मान्नेभन्दा भोकमारी, रोगब्याधि हटाउने सहकाल मानिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य