२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा बाघको आक्रमणमा परी ६ वर्षीय बालकको मृत्यु

१ फाल्गुन २०७४, मंगलवार ०७:३८

फागुन १, भक्तपुर । सूर्र्यवनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । 

सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ । 


पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । 

बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेको आशंका गरी खोज्दा बाघले जंगलमा बालक खाएको अवस्थामा फेला परेको र मानिसको भीड देखेपछि बाघ भागेको हुन सक्ने प्रहरीको भनाइ छ । 

शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ । बाघले बालक खाएको घटनापछि साँझ बिहान हिँड्न स्थानीयवासी भयभीत भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा