2026-09-08 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सांसदहरुलाई सस्तोमा घडेरी दिने भनिएको छैन’ – हेटौडाका मेयर

फागुन १, हेटौडा । हेटौंडा नगरबिकाश समितिको स्वामित्वमा रहेको जग्गा तीन नंम्बर प्रदेशका सांसदहरुलाई चलनचल्तीको मुल्यमा दिने सर्बदलिय छलफल भएको हेटौंडा उपमहानगरपालिकाले स्पष्ट पारेको छ । 

सबै सर्बदलिय सर्बपक्षिय बैठकले हेटौंडा नगर बिकाश समितिको स्वामित्वमा रहेको हेटौंडा ८ कमानेमा रहेको जग्गा यस प्रदेशका सांसदहरुलाई चलनचल्तीको मुल्यमा मात्र दिने भनीएको हो । हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलदे आज बिज्ञप्ती जारी गर्दै कुनैपनि सांसदलाई सित्तैमा र सस्तोमा घडेरी दिने कदापी नभनेको बताउनुभयो । यहाँकै चलनचल्तीको मुल्यमा नगरबिकाश समितिका अध्यक्ष राजिब सुबेदीको अध्यक्षतामा बसेको सर्बदलिय, सर्बपक्षिय बैठकले पाँच बर्षभित्रमा पैसा चुक्ता गर्नचै पाईने तर पैसा चुक्ता गरेपछी मात्र घडेरी पास गरिदीने मात्र भनिएको मेयरद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

कतै सामाजीक संजालमा हेर्दा र कुनै संचार माध्यममा त्यसका बारेमा बुझाईमा कठिनाई भएको हुन सक्ने उहाँको भनाई छ । त्यो पनि किस्ताबन्दीमा घडेरी खरिद गर्न चाहने सांसदहरुका लागि मात्र भनेको बताइएको छ । सांसदहरुलाईआफुहरुले लोभ देखाउन नखोजेका जारी बिज्ञप्तीमा उल्लेख छ ।  नगरबिकाशले बषौअघिपनि आम सर्बसाधरणलाई घडेरी बिक्री गरेको र त्यही मोडलमा बिक्री गर्नका लागि छलफल भएको उहाँले बताउनुभयो ।  राम्रो र सफा मनसायले सांसदलाई घडेरी बिक्री गर्ने भनेर हामीले गलत काम गर्न नखोजेका जारी बिज्ञप्तीमा उल्लेख छ । 

तीन नंम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा तोकिएकोमा सबै हेटौंडाबासी हर्ष बिभोर भएका अनि खुसी भएको उहाँले बताउनुभयो । अब यस अस्थायी राजधानीलाई तीन नंम्बर प्रदेशको सरकार र संसदले स्थायी बनाउनेमा आशा र विश्वास राखेको भन्दै जारी बिज्ञप्तीमा भनिएको छ – ‘यस प्रदेशका एक सय दश जना सांसदज्युहरुले यस अस्थायी राजधानीलाई स्थायी बनाउन कुनै कसर बाकी राख्नुहुने छैन भन्नेमा हामी आसाबादी छौ ।’ यस प्रदेशका बिभीन्न १३ वटा जिल्लाबाट आउनुभएका सांसदहरुलाई सधै अरुको भाडाको घरमा बसेर कठिनाई भोग्न नपरोस भनेर अहिले पनि हेटौडाका एक दर्जन सरकारी कार्यालयका क्वाटरहरु प्रयोग बिहीन भएकालाई प्रयोग गर्ने र भवनहरुको पनि संरक्षण गर्ने भनिएको मेयर महतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग