2026-07-05 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश ४ को प्रदेशसभा बैठकबाट सभामुख पदमा अधिकारी निर्विरोध

2018-02-15

फागुन ३, पोखरा | प्रदेश नं ४ को प्रदेशसभाको बैठकले सभामुखमा नेत्रनाथ अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

 

आजको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुख पदका लागि अधिकारीको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो  


अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्यहरू हरि चुमान रहनुभएको थियो भने समर्थकमा किरण गुरुङ रहनुभएको थियो । सभामुख पदमा निर्वाचित भएकामा बधाई दिँदै ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेशसभाका बैठकलाई सु–सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य श्रेष्ठले सो प्रदेशको मुख्य मन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरिएको प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । 

संविधान एवं संघीयताको कार्यान्वयन प्रमुख प्राथमिकतामा 

नवनिर्वाचित प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले संविधान एवं संघीयताको कार्यान्वयन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रदेशसभा बैठकबाट निर्विरोध निर्वाचित भएपछि सञ्चारकर्मीसँग उहाँले आवश्यक कानून निर्माणसहित समृद्धिका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । सभामुखको जिम्मेवारीसँगै आफूले पक्ष वा प्रतिपक्ष कसैको नभई सबैलाई सन्तुलन मिलाएर साझा भूमिका निर्वाह गर्दै जाने बताउनुभयो । 

सभामुख पदमा रहँदासम्म साझा भएर प्रस्तुत हुने बताउँदै आजैबाट पार्टीको कुनै पनि औपचारिक जिम्मेवारीमा नरहेको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै