१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

४ फाल्गुन २०७४, शुक्रबार ०३:०९

फागुन ४, तेह्रथुम । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । 

जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । 

सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । 

नेकपा (एमाले) प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली, सल्लाहकार किशोरचन्द्र दुलाल, जिल्ला उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुंगाना तथा उपसचिव भूपतिलाल श्रेष्ठ सहितका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गर्नुभएको छ । 

आठराई गाउँपालिका–४, साबिक इवा गाविस–२, तीनसल्लेमा अहिले पनि ओलीको जन्मघर र जग्गा रहेको छ । नेकपा (एमाले) का अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा जिल्लावासी निकै उत्साहित देखिएका छन् । यहाँ जन्मिए पनि झापालाई कार्यथलो बनाउनुभएका ओलीबाट जिल्लावासीले धेरै आशा गर्दै आएका छन् । 

जिल्लाको विकास निर्माण, सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता विषय र अझ विशेष महत्वका राष्ट्रिय गौरवका आयोजनाको काम पूरा गर्न ओलीले प्रधानमन्त्री हुँदा भूमिका निर्वाह गर्नेमा आफू आशाबादी रहेको नागरिक समाजका अध्यक्ष तुलसी सङ्ग्रौलाले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह