2026-09-07 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

फागुन ४, तेह्रथुम । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । 

जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । 

सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । 

नेकपा (एमाले) प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली, सल्लाहकार किशोरचन्द्र दुलाल, जिल्ला उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुंगाना तथा उपसचिव भूपतिलाल श्रेष्ठ सहितका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गर्नुभएको छ । 

आठराई गाउँपालिका–४, साबिक इवा गाविस–२, तीनसल्लेमा अहिले पनि ओलीको जन्मघर र जग्गा रहेको छ । नेकपा (एमाले) का अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा जिल्लावासी निकै उत्साहित देखिएका छन् । यहाँ जन्मिए पनि झापालाई कार्यथलो बनाउनुभएका ओलीबाट जिल्लावासीले धेरै आशा गर्दै आएका छन् । 

जिल्लाको विकास निर्माण, सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता विषय र अझ विशेष महत्वका राष्ट्रिय गौरवका आयोजनाको काम पूरा गर्न ओलीले प्रधानमन्त्री हुँदा भूमिका निर्वाह गर्नेमा आफू आशाबादी रहेको नागरिक समाजका अध्यक्ष तुलसी सङ्ग्रौलाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित