२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवबाट ८५ लाख संकलन

४ फाल्गुन २०७४, शुक्रबार ०६:३८

फागुन ४, पाल्पा | जिल्लाको बगनासकाली गाउँपालिका–८, बराङ्दीमा सञ्चालित महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवमा रु ८५ लाख संकलन गर्न सफल भएको छ । 

महोत्सवले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ महामृत्युञ्जय शिवासनधामको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको छ । महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको आयोजनामा माघ २१ देखि फागुन २ गतेसम्म सञ्चालित श्री शिवपुराण तात्विक ज्ञान महायज्ञमा पाँच लाखभन्दा बढी भक्तजनले अवलोकन गरेको सञ्चार संयोजक यज्ञमूर्ति तिमल्सेनाले जानकारी दिनुभयो । 

ध्यान आसनमा रहेको शिवको मूर्ति एशियाकै सबैभन्दा ठूलो मूर्ति रहेको स्थानीय बासिन्दाको दाबी छ । ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तलको मिश्रणबाट शिवको मूर्ति निर्माण गरिएको हो । शिवमूर्तिको स्थापना गरेपछि यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । 

पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने सडक यहीँबाट जाने र आन्तरिक पर्यटकको अहिले पनि चहलपहल रहिरहने स्थानीय बासिन्दाको भनाइ छ । महोत्सव सञ्चालनपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लागेको स्थानीय बासिन्दा दयाराम न्यौपानेले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य