२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेइस लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

४ फाल्गुन २०७४, शुक्रबार ०६:५०

फागुन ४, जाजरकोट | २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो । 

स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका स्थानीयवासीले सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् । लिली हेल्भेटासको आर्थिक सहयोगमा मुलाखोलाबाट पाइपमा पानी ल्याई हल्चौर गाउँमा पाँचवटा प्लास्टिक पोखरीमा पानी जम्मा गरी स्थानीयवासीलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले योजना निर्माण गरिएको थियो । 

योजना निर्माण गरेको ५ वर्ष बित्न नपाउँदै अहिले प्लास्टिक पोखरीको नाम निसान नै नभएको स्थानीयवासी गोरखबहादुर विकले बताउनुभयो । स्थानीय उपभोक्ता समितिका पदाधिकारीको नाफामुखी कार्यशैलीले गर्दा काम राम्रो नहुँदा योजना दिगो बन्न नसकेको विकको भनाइ छ । 

योभन्दा अगाडि यही ठाउँमा विश्व खाद्य कार्यक्रमबाट लाखाँैको योजना निर्माण भई सञ्चालनमा आएको १ वर्ष नबित्दै भत्किएको थियो । योजनाका पाइपहरु चोरी हुँदा पोखरी माटोले पुरिएको छ । पोखरी वरिपरि काँडेतार लगाएर सुरक्षित गराउने स्टिमेटमा भए पनि उपभोक्ता समितिले काँडेतार नलगाउँदा पोखरी जोगाउन समस्या भएको स्थानीयवासीको भनाइ छ । 

पोखरी मात्र होइन, पोखरीमा प्रयोग भएका पाइपसमेत चोरी भएको उपभोक्ताहरु बताउँछन् । अहिले पुरै गाउँ सिँचाइको अभावमा समस्यामा परेको छ । तीन वर्षको फरकमा योजना निर्माण हुँदै आएका छन् तर दिगो बन्न नसकेको स्थानीयवासी बताउँछन् । अहिलेसम्म तीनवटा योजना सिँचाइकै परेका छन् । ती सबै योजनाका उपभोक्ता समितिका अध्यक्षसमेत एकै जना मात्र रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य