२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुलाकी सडक निर्माण तीव्र

४ फाल्गुन २०७४, शुक्रबार ०७:००

फागुन ४, लहान | हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ । 

पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ । 

दुई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनियर चन्द्र यादवले जानकारी दिनुभयो । 

तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै निर्माण पूरा हुने उहाँको भनाइ छ । 

हुलाकी सडक निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन् । सडक निर्माण भए मधेशको विकासले गति लिनाका साथै हजारौँ युवाले रोजगारी पाउने स्थानीयवासीको भनाइ छ । यस अघि सो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका थिए । 

निर्माण शुरु भएसँगै सडकभित्र पर्ने रुख काट्न थालिएको छ भने सडक किनारामा बनाइको घर छाप्रो धमाधम हटाउन थालिएको छ । सडकमा माटो हाल्ने काम भइरहेको छ भने कतिपय ठाउँमा पुल नहुँदा समस्या भएको सडक निर्माणमा खटिएका प्राविधिकले बताएका छन् | रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य