२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुलाकी सडक निर्माण तीव्र

२०७४, ४ फाल्गुन शुक्रबार ०७:००

फागुन ४, लहान | हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ । 

पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ । 

दुई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनियर चन्द्र यादवले जानकारी दिनुभयो । 

तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै निर्माण पूरा हुने उहाँको भनाइ छ । 

हुलाकी सडक निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन् । सडक निर्माण भए मधेशको विकासले गति लिनाका साथै हजारौँ युवाले रोजगारी पाउने स्थानीयवासीको भनाइ छ । यस अघि सो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका थिए । 

निर्माण शुरु भएसँगै सडकभित्र पर्ने रुख काट्न थालिएको छ भने सडक किनारामा बनाइको घर छाप्रो धमाधम हटाउन थालिएको छ । सडकमा माटो हाल्ने काम भइरहेको छ भने कतिपय ठाउँमा पुल नहुँदा समस्या भएको सडक निर्माणमा खटिएका प्राविधिकले बताएका छन् | रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा