२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक गरे शंकर पोख्रेलले प्रदेश समृद्धिको खाका

४ फाल्गुन २०७४, शुक्रबार १०:२२

भरत केसी/फागुन ४, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ । 

पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।


मुख्यमन्त्री पोख्रेलले प्रदेश नं ५ का जिल्लाको विकासमा समान हिसाबले अघि बढ्ने सरकारको योजनासमेत रहेको र जनचाहनालाई सम्बोधन गर्ने ऐतिहासिक चरणमा प्रवेश गरेको बताउनुभयो । 

प्रदेशको विकास र समृद्धिको मुख्य आधार प्रदेश नं ५ मा महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्र प्रसस्तै रहेको उल्लेख गर्दै उहाँले यो प्रदेशमा पर्यटनसँगै औद्योगिक र कृषिमा आधुनिकीकरण गरेर समृद्धि ल्याउन सकिने योजना रहेको बताउनुभयो । 

केही दिनमै यस प्रदेशको स्वयत चित्र सार्वजनिक गर्ने तयारीमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले यसबाट पाँच वर्षअघि के प्राप्त गरेका थियाँै र के छाडेर जाँदै छौँ भन्ने तुलना गर्न सकिन्छ भन्नुभयो । 

उहाँले सिस्ने हिमालदेखि मर्चवारसम्म र त्रिवेणी सुस्तादेखि बर्दियाको राजापुरसम्म फैलिएको, एशियाकै सबैभन्दा ठूलो उपत्यकाका रुपमा रहेको दाङ उपत्यका यसै प्रदेशमा रहेको र शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बुद्धको जीवनीसँग जोडिएका तिलौराकोट, रामग्राम, देवदह, कुदान, निग्लिहवाजस्ता बुद्धकालीन सभ्यताका जीवन्त भग्नावशेषहरु यसै प्रदेशका माटोमुनि रहेका र यिनलाई अन्वेषण गरेर महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना औँल्याउनुभयो । 

मुख्यमन्त्री पोख्ररेलले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मथलो लुम्बिनीसँगै जनयुद्धको आधार क्षेत्र यही प्रदेशमा रहेको बताउँदै यी क्षेत्रको योजनाबद्ध विकास र प्रवद्र्धन गरेर पर्यटन गन्तव्य बनाउने मुख्य योजनामा प्रदेश सरकार रहेको जानकारी गराउनुभयो । 

उहाँले स्वर्गद्वारी प्यूठान, पाणिनी तपोभूमि, सुपादेउराली, रेसुंगा गुल्मी, धारापानी, पाण्डवेश्वर, चौघेरा रतननाथलगायतका ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्नु प्रदेशको समृद्धिका लागि प्रमुख आधार बन्ने स्पष्ट पार्नुभयो । 

लुम्बिनी गुरुयोजना सम्पन्न गर्दै लुम्बिनी बृहत्तर गुरुयोजना कार्यान्वयन गरी विकास अगाडि बढाउने, पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा शैक्षिक पार्क निर्माण गरी प्राकृतिक अध्ययनको थलो बनाउने, जगदीशपुर तालको संरक्षण गर्दै चरा अध्ययनको केन्द्र बनाउने, स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सीमावर्ती क्षेत्रको नजिक हिल स्टेशनहरू निर्माण गर्ने, जातीय, भाषिक विविधतालाई समेट्दै विभिन्न स्थानमा होमस्टे निर्माण गर्ने, प्रदेशको कला, संस्कृतिको संरक्षण गर्दै प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने, प्रदेशभित्रका ऐतिहासिक स्थानको घटना झल्काउने गरी अनुसन्धानमा सघाउ पु¥याउनेमा उहाँले जोड दिनुभयो । 

प्रदेशको स्थायी राजधानी तोक्ने प्रदेशसभाको अधिकारको प्रसङ्ग उठाउँदै प्रदेशको राजधानी हेर्नलायक बनाउनेमा जोड दिंदै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, “२०–२५ वर्षपछि पनि हेर्नलायक स्थानलाई राजधानी बनाउने हो, सबैलाई चित्त बुझ्ने गरी नै राजधानी बन्छ ।” 

उहाँले प्रदेशका तीन ठूला शहर नेपालगञ्ज–कोहलपुर, घोराही–तुल्सीपुर र बुटवल–भैरहवाजस्ता शहरलाई जोडेर महानगरका रुपमा विकास गरिने योजना पनि सार्वजनिक गर्नुभयो । 

प्रदेशभित्रको सडक सञ्जाल पर्याप्त नभएको बताउँदै पूर्व–पश्चिम राजमार्गलाई छ लेन बनाउने र हुलाकी राजमार्गलाई चार लेन बनाउने पोखरा–लुम्बिनी र परासी–बर्दिया रेलमार्ग निर्माण गरी रेल सञ्चालन गर्ने, लुम्बिनीबाट अरू बुद्धस्थलसम्म मोनोरेल सञ्चालन गर्ने, पाल्पादेखि रोल्पासम्म प्रदेशस्तरीय मध्य पहाडी राजमार्गको विकास गरिनेसमेत मुख्य मन्त्री पोख्रेलले स्पष्ट पार्नुभयो । 

भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सम्पन्न गरी नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गर्ने, दाङको विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने र विकट पहाडी क्षेत्रमा हेलिप्याड निर्माण गरिनेमा उहाँले जोड दिनुभयो । 

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेशमा आधुनिक प्राविधिक विश्वविद्यालय स्थापना गर्नेजस्ता विषयमा पनि मन्त्री पोख्रेलले चर्चा गर्नुभयो । 

यसैबीच रुपन्देही उद्योग संघको एक प्रतिनिधि मण्डलले प्रदेश नंं ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल र आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई आज छुट्टाछुट्टै भेट गरेको छ । 

संघका अध्यक्ष गणेशप्रसाद अधिकारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डललाई उहाँहरूले समृद्ध प्रदेश निमार्णका लागि साझा आर्थिक तथा औद्योगिक एजेण्डा तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

भेटमा यस प्रदेशलाई समृद्ध बनाउन प्रदेश सरकार र व्यावसायिक संघ संस्थाबीच खाका तयार गर्न गर्नुपर्नेमा जोड दिइएको थियो । 

मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेशलाई समृद्ध प्रदेशसँगै नमूनाको रुपमा विकास गर्नका लागि आर्थिक क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउँदै त्यसका लागि उद्योगी तथा व्यापारीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट