२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखांचीको छत्रदेवलाई शुन्य भष्ट्रचारमुक्त बनाईने

४ फाल्गुन २०७४, शुक्रबार १४:०८

छत्रदेव, ४ फागुन । सुचना तथा शुसासन अभियान अर्घाखाँचीको अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिका ४ र ५ को संयुक्त रुपमा केरुङ्गामा सम्पन्न भएको छ ।

सुचना तथा शुसासन अभियान अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोेख्रेलले गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जनताको काम गर्न आफुहरु सबै एक भएर लागेको बताउँदै छत्रदेव गाउँपालिकाले छुट्याइएको बजेट कहाँ कुन शिर्षकमा भनी सोध्न आए गाउँपालिकाले स्पस्ट दिने बताए । उनले ३३४ घरमा छानो लगाउने काम प्रक्रियामा पुगेको र त्यो काम छिट्टै सम्पन्न हुने बताए  । 

केरुङ्गामा डोजर चलेको बताउदै जतिसक्दो सस्तो र सुलभ तारिकाले जनतालाई सेवा दिने उदघोष गरेका पोख्रेलले  सोलार बत्तीहरु खरिद गर्ने प्रक्रियामा गएको बताए । छत्रदेवलाई शुन्य भष्ट्राचार बनाउन आफ्नो कार्यकाल सफल हुने दाबी समेत गरे ।


प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले नागरिकको सुचना माग्ने बानी नभएको भन्दै गाउँपालिकाभित्र सुचनाहरु दिन कुनै कन्जुसाई नहुने बताए ।

उनले गाउँपालिकाबाट उपलब्ध हुने ४० प्रकारका औषधी मध्ये केही औषधी बाहेक अरु पाइदैनन् भन्ने गुनासोलाई सम्बोधन गर्दै आफुहरु भरपुर रुपमा औषधी खरिदको क्रममा रहेको बताउदै केही समयमा नै अत्यावश्यक औषधी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

सूचना तथा सुशासन अभियान अर्घाखाँचीका अध्यक्ष मुक्तीनाथ भुसालले नागरिकले वडामा हुने हरेक कुराको जानकारी लिनबाट पछि नहट्न सवैलाई आग्रह गर्दै  आवश्यक सहयोग गर्न सिआईजी तयार रहेको बताए ।

वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सुचनाको हक लिने अधिकार सम्पूर्ण नागरिकको भएको भन्दै सुचना लिनका लागि कसैले राजनीति गर्न नहुने र सम्पूर्ण राजनीतिक दलले पनि राजनिती भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए ।

पत्रकार घनश्याम पौडेलले सुचना पत्रकारले मात्र नमागी सम्पूर्ण नागरिकले माग्नुपर्ने बताए । सारदा माविका प्रअ लालमणि पाण्डेलेसुचनाको हक मानिसको जन्मसिद्ध अधिकार भएको बताउदै सुचना लिनका लागि पछि नपर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम छत्रदेव गाउँपालिका ४ का वडाअध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षता, वडा नम्बर ५ का सचिव शान्ता भुसालको सञ्चालन र वडा सदस्य लक्ष्मी विकको स्वागतमा सम्पन्न भएको पत्रकार मधुसुदन पाण्डेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य