२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यो साता शेयर बजारमा एक अर्बभन्दा बढीको कारोबार

२०७४, ५ फाल्गुन शनिबार ११:०५

फागुन ५, काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो ।

कारोबार रकम गत साताको भन्दा ०।६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०।२४ अंकले बढेर अन्तिम दिन एक हजार ४२४।९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८।४९ अंकले बढेर ३०१।३० अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु ६ करोड ७१ लाख ५० हजार बराबरको शेयर कारोबार भएको हो । त्यसैगरी, कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ ।

सो बैंकको दुई लाख ९३ हजार कित्ता शेयर कारोबार भएको हो । कारोबार संख्याका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको ५९० वटा कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख कित्ता साधारण शेयर, जेविल्स फाइनान्सको २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद, ओरियन्ट होटलको १४ लाख २५ हजार १०६ कित्ता बोनस शेयर र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद शेयर स्टकमा सूचीकृत भएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह