2026-07-26 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै, यस्तो छ कारण

फागुन ६, काठमाडौँ | सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ । 

आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पुर्याउन थालेपछि मर्मत गर्न लागिएको हो । आयोजना यही फागुन १० देखि २० गतेसम्म बन्द गरिन लागिएको हो । 

वर्षाको समयमा बाँधको बायाँ तर्फबाट खसेको पहिराका कारण समस्या निम्तिँदै आएको र त्यसले आयोजनाको संरचनामा समेत क्षति पुग्ने भएकाले दश दिन परियोजना बन्द गरेरै मर्मत गर्न लागिएको हो । 

मध्यमस्र्याङ्दीको विद्युत् उत्पादन बन्द भए पनि यसका कारणले आम उपभोक्तालाई विद्युत् कटौतीको समस्या नपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 

कुनै भवितव्यले विद्युत् प्रणालीमा समस्या उत्पन्न भए मुलुकको कुनै स्थानमा केही समय भने विद्युत् आपूर्ति सामान्य रुपमा अवरुद्ध हुनसक्ने घिसिङको भनाइ छ । 

उहाँले भन्नुभयो – “यस अवधिमा विद्युत् कटौती हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत्गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्था गरिएको छ । भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ । समस्या पर्ला जस्तो लाग्दैन ।” 

प्राधिकरणकाअनुसार हाल कुलेखानीस्थित इन्द्रसरोवरमा पानीको सतह एक हजार ५२१ दशमलव ९८ मिटर रहेको छ जुन गत वर्षको यही अवधिको तुलनामा ३ दशमलव ८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ । 

मध्यमस्र्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको आयोजनाका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो । 

“गतवर्ष नै मर्मत गर्न लागेका थियौं तर भारप्रेषण केन्द्र (एलडिसी)बाट विद्युत् व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो,” उहाँले भन्नुभयो – “यसवर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिएपछि दश दिनभित्र मर्मत सक्ने गरी केन्द्रबाट अनुमति पाएका छौं ।” 

आयोजना प्रमुख गौतमकाअनुसार, मर्मतको काम २४ सै घण्टा सञ्चालन गरिने छ । सो आयोजनाबाट विद्युत्को माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । 

अन्य समयमा नदीमा पानीको सतह घटेका कारण करिब ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । मध्यमस्र्याङ्दी आयोजना अर्धजलाशययुक्त आयोजना हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ