2026-09-08 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

जनप्रतिनिधिले व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्छ: मुख्यमन्त्री

फागुन ७, हेटौँडा | प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।

उहाँले ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेश राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिद्वारा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डताप्रति जगेर्ना गरी जनताको आर्थिक समृद्धि गर्नेतर्फ लाग्नुपपर्दछ भन्नुभयो । 

मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ अन्तर्गत केही जिल्लामा ऊर्जा शक्तिको उत्पादन गरी औद्योगिक विस्तारलाई टेवा पुर्याउन संघीय सरकारले गुरुयोजना तर्जुमा गरी राष्ट्रलाई आत्मनिर्भर बनाउने योजनालाई उच्च प्राथमिकता दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सो अवसरमा राष्ट्रिय झण्डोत्तोलन गर्नुभएको थियो । 

यसैबीच राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने क्रममा हेटौँडाको बुद्धचोकबाट निस्केको झाँकीसहितको र्यालीले स्थानीय नगर परिक्रमा गरी सिद्धार्थ उच्च माविको प्राङ्गणमा पुगेपछि समारोहमा परिणत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग