२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय सिमानजिक सिलन्यास भयो शालिक र बिशाल नेपालको नक्सा

२०७४, ८ फाल्गुन मंगलवार ०५:५३

नरी बडु/फागुन ८, बैतडी । भारतीय सिमा नाका नजिक अर्थात बैतडीको दशरथचन्द नगरपालिका– ५ सुन्दरखालीमा निर्माण हुने देशकै ठुलो पृथ्वीनारायण शाहाको शालिक र उनले एकिकरण गरेको विशाल नेपाल झल्किने नक्साको सिलन्या गरिएको छ । 

राष्ट्रियता संरक्षण नेपालले निर्माण गर्न लागिको उक्त शालिक र नक्साको प्रजातन्त्र दिवसको अवसरमा सोमबार दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र नापाले विधिवद रुपमा सिलन्यास गरेका हुन् । 

बिसाल नेपालको नक्सा र पृथ्वीनारायण शाहाको शालिक सिलन्यास गरी नेपालको झण्डा गाड्दै राष्ट्रियता संरक्षण अभियानको टोली । तस्बिर: नरी बडु, बैतडी, सास 

सुदूरपश्चिम र उत्तराखण्डकै प्रशिद्ध त्रिपुरासुन्दरी मन्दिर, शहीद दशरथचन्दको जन्मघर, सुन्दरखाली राष्ट्रिय क्रिकेट मैदानको सेन्टरमा निर्माण गर्न लागिएको देशकै ठुलो पृथ्वीनारायण शाहाको शालिक र विशाल नेपालको नक्साले यस क्षेत्रमा धेरै पर्यटक भित्र्याउ सकिने नगरपालिकाका प्रमुख थापाको भनाई छ ।

बैतडी उद्योग बाणीज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गरेको जग्गामा करिब १ करोडको लगानीमा निर्माण गर्न लागिएको  पृथ्वीनारायण शाहको शालिक २१ फिट अग्लो हुने राष्ट्रियता संरक्षण नेपालका अध्यक्ष हेमबाबु लेखकले बताउनुभयो । 

लेखकका अनुसार उक्त शालिक र नक्साको वरीपरि एकता उद्यान समेत निर्माण गरिने छ । उक्त नक्सा र शालिकको इन्जिनियर प्रमोद लेखकले डिजाइन गरेका हुन् ।

मुर्तिकार कालुराम कोली लगायतको मुर्तिकारहरुको टोलिद्वारा निर्माण गरिने उक्त मुर्ति र नक्सा निर्माणका लागि देश तथा विदेशमा रहेका राष्ट्रियता पे्रमि नेपालीहरुबाट आर्थि सहयोग संकलन गरिने अध्यक्ष लेखकले बताउनुभयो । 

बैतडीको शदरमुकामबाट भारततीय सिमा नाका जुलाघाट जाने बाटो छेउमै निर्माण गर्न लागिएको उक्त शालिक, विशाल नेपालको नक्सा र एकता उद्यानले देशको गौरब, नेपाल एकिकरणका निर्माता र्पथ्वीनारायण शाहाप्रति सम्मान र यहाँको पर्यटकीय विकास हुने आपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने