२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

२०७४, ८ फाल्गुन मंगलवार ०९:२८

सञ्चिता घिमिरे / फागुन ८, ललितपुर | लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने भएको छ । 

उक्त होचो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवत जावत गर्न हैरान हुने छैन । 

सो सुविधा उपलब्ध भएपछि अस्पताल जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि होस् ज्येष्ठ नागरिक अपाङ्ग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता दूर हुने भएको छ । 

झट्ट सुन्दा नपत्याउँदो लागे पनि केही महिनापछि काठमाडौँ उपत्यकामा देखिने यो दृष्यका लागि साझा यातायातले गत साता होचो (सेमी लो फ्लोर) भएको भित्र्याइसकेको छ । 

बस अर्काे महिनाबाट सञ्चालनमा ल्याउन लागिएको र अहिले दर्ताको प्रक्रियामा रहेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्ता सकिएपछि रुटको काम हुनेछ ।” 

साझाले टेडरमार्फत झण्डै रु ३५ लाखमा भित्र्याएको यो बसमा ४१ जनासम्म अटाउने छन् । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस ल्याएको यो बस अरु बसको तुलनामा धेरै महँगो पर्ने उहाँले जानकारी दिनुभयो । 

रुट छान्दा लक्षित वर्गलाई सजिलो पर्ने र बस पनि गुडाउन सकिने अवस्थालाई ध्यान दिइएको छ । होचो बस हुनाले खाल्डाखुल्डी सडकमा गुड्न नसक्ने तर लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा राम्रो भएको कामु प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताउनुभयो । 

बसमा एउटामात्रै खुड्किलो हुन्छ जसले गर्दा अपाङ्गता भएका व्यक्ति सजिलै उक्लन– ओर्लन सक्छन् र खुडकिलो पनि फोल्ड गर्न मिल्छ । ह्विलचेयर पनि सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ । 

साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्क रुपमा यात्रा गर्न पाउने उहाँले बताउनुभयो । ‘क’ र ‘ख’ वर्गका अपाङ्ग र पाँच वर्षका बालबालिकाले निःशुल्क रुपमा यात्रा गर्न पाउँछन् । उहाँले भन्नुभयो, “महँगोमा खरिद गरेको भए पनि बसमा लक्षित वर्गमध्ये निःशुल्क चढ्ने यात्रु धेरै छन् ।” 

साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागेको छ । यी बसमा सिटी बस र डिलक्स दुवै छन् । 

अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । चवालिस वटा बस अहिले काठमाडौँ उपत्यकामा र दुई वटा बस काठमाडौँ उपत्यकादेखि बागलुङसम्म गुडिरहेका छन् । काठमाडौँ उपत्यका र उपत्यका बाहिर दुवैतिर साझाको माग छ । 

साझा अहिले स्थानीय निकाय र सरकारी लगानी सबैभन्दा बढी भएको यातायात सेवा भएको छ । काठमाडौँ महानगरपालिकाले रु १५ लाख र ललितपुर महानगरपालिकाले साझाको रु एक करोडको शेयर खरिद गरेका छन् । उपत्यकाका धेरै नगरपालिकाले साझासँग सहकार्य गर्न इच्छुक भएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा