Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुर पर्यटन महोत्सवमा तीन करोडको कारोबार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १०, भीमदत्तनगर | कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा सम्पन्न प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा रु तीन करोडको कारोबार भएको छ ।

गत पुस २९ देखि फागुन ९ गतेसम्म सञ्चालन भएको उक्त महोत्सवमा सो रकम बराबरको कारोबार भएको आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले जानकारी दिनुभयो ।

“गतवर्ष झैँ यस वर्ष पनि महोत्सवको कारोबार सन्तोषजनक नै भयो,” उहाँले भन्नुभयो, “आयोजनाको उद्देश्यअनुरुप महोत्सव सफल भएको छ ।” यहाँ आयोजना भइरहने मेला÷महोत्सवले प्रदेश नं ७ को समृद्धि र निजी क्षेत्रको विस्तारमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।

‘कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा विकास, समृद्ध प्रदेश नं ७ को आधार’ नाराका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न वस्तुभाउ, अटो मोबाइल्स तथा स्थानीय परिकार कृषि प्रदर्शनीमा राखिएका थिए । रासस