2026-10-15 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रदेश ६ का मुख्यमन्त्रीको हातमा कुचो र बेल्चा

फागुन १२, सुर्खेत | प्रदेश ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विशेष सरसफाइ अभियान शुरु भएको छ । शनिबार बिहानै प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हातमा झाडु लिएर सडक सफाइ गर्दै सुर्खेत बजार विशेष सरसफाइ अभियान सुरु गरेका छन् । 

सरसफाइ अभियानमा सहभागी हुँदै मुख्यमन्त्री शाहीले कुनै पनि काम सानो ठूलो नहुने भन्दै हामीले आशा र कल्पना गरेको समृद्धि र विकसित प्रदेश निर्माण गर्नका लागि प्रत्येक व्यक्तिले श्रममा सहभागी हुनुपर्ने बताए । 

हरेक व्यक्तिले अरुको कुरा काटेर वा आलोचना गरेर समय खेरफाल्नुभन्दा आ–आफ्नो जिम्मा र भूमिकालाई इमान्दारिका साथ निर्वाह गरे देश धेरै हदसम्म सफल हुने मुख्यमन्त्रीको भनाइ छ । मुख्यमन्त्री शाहीले प्रदेश ६ को राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर बजारलाई हरित बजारको रुपमा विकास गरिने बताए । 

सुर्खेतको मुख्य बजारमा रहेको मंगलगढी चोकमा मुख्यमन्त्री, मन्त्री, सरकारी निकायका कर्मचारी, सुरक्षा निकायका टोलीसहित स्थानीय तहका जनप्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु र सर्वसाधारणहरु सहभागी रहेको थियो । 

सरसफाइ अभियान प्रदेश ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुचारु भएको हो । बजार एवं सहर व्यवस्थापन अभियान २०७४ अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाले विशेष सरसफाइ कार्यक्रम सुरु गरिएको हो । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित ढंगले राखिएका फुटपाथ व्यापार शनिबारदेखि आफैँ उठाउन सुरु गरेको छ । 

नगरपालिकाले केही दिनअघि १५ दिनभित्र फुटपाथ हटाउन आग्रह गर्दै सूचना जारी गर्दा पनि फुटपाथ व्यापारीहरुले अटेर गरेपछि अब कडाइ गर्न लागिएको हो । ‘बजार एवं सहर व्यवस्थापन अभियान २०७४’ अन्तर्गत नगरपालिकाले अब फुटपाथ व्यापार गर्नेलाई जरिवानासमेत तिराउने नगरप्रमुख देवकुमार सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने