२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विभाग स्थापनाको ४५ वर्षमा तीन ढल मात्र निर्माण

२०७४, १३ फाल्गुन आईतवार ०८:३९

अच्युत रेग्मी / फागुन १३, काठमाडौँ | खानेपानी तथा ढल निकास विभागले आफ्नो स्थापनाको ४५ वर्षमा तीन वटा मात्र ढल निर्माण गरेको छ । 

नेपालभित्र खानेपानी र ढल निकासका लागि विसं २०२९ मा स्थापित विभागले हालसम्म काठमाडौँ उपत्यका र उपत्यका बाहिर तीन ढल निर्माण गरेको छ । विभागका अनुसार हालसम्म मनकामना ढल निर्माण तथा प्रशोधन आयोजना गोरखा, चापागाउँ ढल निर्माण तथा प्रशोधन आयोजना ललितपुर र गोलढुंगा ढल निर्माण तथा प्रशोधन आयोजना काठमाडौँ सम्पन्नभएको छ । 

विभागका ढल व्यवस्थापन शाखाका प्रमुख टीकाबहादुर चौधरी विभागले अहिले मागका आधारमा १०७ आयोजनाको ढल निर्माणसम्बन्धी मापदण्ड तयारी र गुरुयोजना निर्माण गर्ने काम गरिरहेको बताउनुहुन्छ । “गत आर्थिक वर्षमा २१ र यस आर्थिक वर्षमा ८६ आयोजना माग भएकाले उक्त आयोजनाको गुरुयोजना निर्माण गरिरहेका छौँ,” उहाँ भन्नुहुन्छ । 

ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा खानेपानी र ढल निकास गर्ने उद्देश्यले विभाग स्थापना भए पनि विभागले ढल निकासको क्षेत्रलाई प्राथमिकता नदिँदा काम हुन नसकेको उहाँको भनाइ थियो । विभागले हाल देशभरका ५१ जिल्लामा ढल निर्माण तथा प्रशोधनका लागि गुरुयोजना तयार गरिरहेको छ । नागरिकले प्रयोग गर्ने पानीमध्ये ८० प्रतिशत प्रयोग गरेपछि खेर जाने भएकाले त्यहीअनुसारको गुरुयोजना विभागले बनाउँदै आएको छ । 

विभागका इञ्जिनीयर ऋषिप्रसाद रिमाल विभाग २०२९ सालमा स्थापना भए पनि ढल निकासको काम विसं २०५६ देखि प्राथमिकतामा परेकोे बताउनुहुन्छ । थैव ढल निर्माण तथा प्रशोधन आयोजना र हरिसिद्धि ढल निर्माण तथा प्रशोधन आयोजना सबैभन्दा पुरानो आयोजना भएको र ती अन्तिम चरणमा पुगेको इञ्जिनीयर रिमालको भनाइ थियो । 

उहाँ विभागको नाम खानेपानी तथा ढल निकास विभाग भए पनि विभागका लागि छुट्याइएको अधिकांश रकम खानेपानीमा खर्च हुँदै आएकाले ढल निकाससम्बन्धी काम ओझेलमा पर्दै गएको बताउनुहुन्छ । 

एक सय सात आयोजनामध्ये १० आयोजना काठमाडौँमा निर्माण हुँदैछन् । हस्तिनापुर ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ, स्युचाटार ढल निर्माण तथा प्रशोधन आयोजना कलंकी, ढल्पा चिखु ढल निर्माण तथा प्रशोधन आयोजना कीर्तिपुर, चपली ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ, शान्तिमिलन ढल निर्माण तथा प्रशोधन आयोजना टोखा, डाँछी ढल निर्माण तथा प्रशोधन आयोजना कागेश्वरी र गोलढुंगा विश्वशान्ति ढल निर्माण तथा प्रशोधन आयोजना बूढानीलकण्ठ काठमाडौँमा निर्माण हुन लागेका आयोजना हुन् । 

खेर गएको पानी तथा ढललाई प्रशोधन गर्नका लागि जग्गा नहुँदा ढल निकासको काममा समस्या हुँदै गएको विभागको भनाइ छ । ढल व्यवस्थापन शाखाका प्रमुख चौधरी ढल निकासका लागि चाहिने प्रशोधन केन्द्र निर्माणका लागि विभागले स्थानीय जनप्रतिनिधिसँग छलफल चलाइरहेको बताउनुहुन्छ । 

ढल व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ‘बेष्ट वाटर म्यानेजमेन्ट’ परियोजनासमेत काम गरिरहेको छ । काठमाडौँबाट निस्कने ढल सीधै खोला तथा नदीमा लगेर मिसाइने परम्परा भए पनि नदी व्यवस्थापनका लागि विभिन्न व्यक्ति र संघसंस्था जुट्न थालेपछि ढल व्यवस्थापनका लागि सरकारलाई चुनौती थपिँदै गएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह